Wednesday, December 21, 2016

संविधान कार्यान्वयनमा सहयोग गर्न एमालेलाई आग्रह

पर्सा, ६ पुस । तराई– मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता विमलप्रसाद श्रीवास्तवले संसद्लाई अवरुद्ध गरी मुलुकलाई अर्निणयको बन्दी बनाउने कार्य उपयुक्त नभएको बताउनुभएको छ ।

संसद्लाई अवरुद्ध गरी मान्छे मार्न लगाउने काम एमाले पार्टीले तत्काल बन्द गर्नुपर्दछ, तराई– मधेस लोकतान्त्रिक पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“जटिल अवस्थामा रहेको मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षको दायित्व भए पनि आफै संसद्लाई अवरुद्ध गर्नु उपयुक्त होइन् ।“

नेता श्रीवास्तवले ‘संसद् सुचारु नभए तोकिएको मितिमा कुनैपनि निर्वाचन नहुने र संविधान कार्यान्वयनमा जटिलता थपिने भएकाले मुलुकलाई निकास दिन र निर्वाचनको वातारण निर्माण गर्न एमालेले मद्दत गर्नुपर्ने’ बताउँदै लोकतन्त्रमा विश्वास राख्ने पार्टी एमालेले संसद् अवरुद्ध गरी छलफल र संवादको बाटोलाई बन्द गर्नुले पार्टीको अलोकतान्त्रिक चरित्रलाई दर्शाएको छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts