Monday, December 19, 2016

तिवारीको गोली हानी हत्या

बुटवल, ४ पुस । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको आज अपराह्न अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले छातिमा गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदहस्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिनुभयो ।

जिल्लाको देवदह नगरपालिका –६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत रहेका युवा व्यवसायी छन् । करिब छ महिनाअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बाचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पहिलेको आक्रमणमा संलग्नमध्ये आठजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको र सो समूहका नाइके मनोज राना फरार रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts