Friday, December 16, 2016

जनसम्पर्क समितिको सेटिङ्मा परराष्ट्रमन्त्री महतले अमेरिकामा १० जना अबैतनिक दूत बनाउँदै

क्यालिफोर्निया सम्वाददाता।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको ठाडो निर्देशनमा अमेरिकाका विभिन्न राज्यमा रहेका १० जना नेपालीलाई परराष्ट्र मन्त्रालयले अबैतानिक दूतका रुपमा नियुक्त गर्न लागेको खुलासा भएको छ । उच्च स्रोतका अनुसार परराष्ट्रमन्त्री महतले अबैतनिक राजदूत बन्नका लागि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर रकम दिनुपर्ने प्रस्ताव जनसम्पर्क समितिका सभापति मार्फत् राखेका छन् । जसमा क्यालिफोर्निया राज्यबाट मात्रै २ जनाको नाम अबैतनिक राजदूतका रुपमा प्रस्ताव भएको बुझिएको छ । १० जना मध्ये २ जनाले परराष्ट्रमन्त्री महतलाई १५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको महत निकट स्रोतको दाबी छ । गत तिहारको लक्ष्मी पूजाको दिन महत र उनका एक जना निजी सहयोगीको उपस्थितिमा दुई जना व्यक्तिले ५ लाख र १० लाखका दरले महतलाई रकम दिएको स्रोत बताउँछ । यस विषयमा अबैतनिक राजदूत बन्नेहरु बाहेक अरु कसैलाई अग्रिम सूचना नचुहाउन महत र विष्टले विशेष खवरदारी गरेको पनि बताईन्छ । काठमाडौंमा परराष्ट्रमन्त्री महतले परराष्ट्रस्तरीय निर्णय गराएर उनीहरुलाई अबैतानिक राजदूतको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पु¥याउनुभएको बताइएको छ । विगतमा मन्त्रीपरिषद्ले यो विषयमा निर्णय गर्नुपर्ने भएपनि अहिले परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई अबैतानिक राजदूतका रुपमा नियुक्त गर्न सक्ने त्यसपछि मात्रै यसको जानकारी मन्त्रीपरिषद्लाई गराए पुग्ने व्यवस्था छ । परराष्ट्रले निर्णय गरेपछि मात्रै एग्रिमो लिन सकिने भएकाले पनि महतका लागि यो काम निक्कै सहज देखिएको छ । महतले प्रतिव्यक्ति १० हजार अमेरिकी डलरमा सो काम सम्पन्न गर्ने र यो कामका लागि अमेरिकामा रहेका जनसम्पर्क समितिका सभापति आनन्द विष्टलाई परिचालन गरेका छन् । राजदूतका लागि प्रस्ताव गरिएका व्यक्तिहरु सकेसम्म महत र विष्टका विश्वासमा रहेकाहरु नै छनौट गर्ने तयारी भैरहेको बताईन्छ । विष्टले अहिले विभिन्न राज्यमा रहेका मध्ये उल्लेखित मापदण्ड पुरा गरेका व्यक्तिहरु छनौट गरी उनीहरुसँग रकम लिने र त्यसको जानकारी महतलाई गराउने काम तीव्रताका साथ अघि बढाईरहेका छन् । काँग्रेसको प्रवासी संगठनका सभापति र पार्टीबाटै बनेका मन्त्रीको सेटिङ्गमा यस्तो छलकपटीपूर्ण काम हुँद समेत यसको जानकारी पार्टी सभापतिलाई भने नगराइएको स्रोतको दाबी छ । यो विषयमा पार्टी सभापतिले जानकारी पाई हाले भने पनि अमेरिकास्थित जनसम्पर्क समितिको सिफारिसमा आफूले नाम सदर गरेको भन्ने ‘रेडिमेट’ जवाफ महतले तयार पार्नुभएको छ । यस्तै जनसम्पर्क समितिले पनि ‘जेनियुन’ व्यक्तिलाई राजदूतमा सिफारिस गरिएको र त्यसको मापदण्ड परराष्ट्रमन्त्रालयले दिए अनुसार नै भएको भन्ने जवाफको तयारीमा विष्ट रहेका छन् । तर अबैतानिक राजदूत नियुक्त हुनु अघि यो सूचना पार्टी सभापतिसम्म नपुगोस् भन्नका लागि दुबै पक्षले अत्यन्तै सावधानी अपनाएका छन् । नेजस अमेरिकाका सभापति आनन्द विष्टले यो विषयमा कार्यसमितिभित्र समेत कुनै जानकारी गराएका छैनन् । कार्यसमितिभित्र जानकारी गराउँदा यसले विवादको रुप लिने र ‘सेटिङ्ग खुल्ने’ डरले विष्ट अहिले कार्यसमिति निकट पदाधिकारीहरुबाट टाढिएको बताइएको छ । यही सेटिङ्ग फेल खाने डरले पछिल्लो समयमा जनसम्पर्क समितिभित्र देखिएको विवाद मिलाउनका लागि कार्यसमितिका बहुमत सदस्यले आग्रह समेत नकारेको हुनसक्ने जनसम्पर्क समिति निकट स्रोत दाबी गर्दछ । अबैतानिक राजदूतका रुपमा नियुक्त गरिएका व्यक्तिहरुबाट लिइने रकम मध्ये ६० प्रतिशत रकम परराष्ट्रमन्त्री महतले लिने र बाँकी रकम जनसम्पर्क समितिका सभापति र उनका आसेपासेहरुका लागि खर्च गर्ने मौखिक सहमति पनि विष्ट र महतबीच भएको बताईन्छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts