भक्तपुर, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राष्ट्रिय संकट निवारणको बाधक भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले स्थानिय निकाय निर्वाचन लामो समय सम्म हुन नसकेको र तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको बताउनु भयो ।
उहाँले सिंमाकनका बारे एमाले माओबादी र काँग्रेसले बिगतमा गरेको सहमतीलाई भुल्दै एमालेले सदन र सडक अवरोध जसरी गरिरहेको छ, एमालेको उल्टो भूमिकाकै कारण सिंमाकनको बिषयले देशमा थप संकट भित्रिएको बताउनु भयो । उहाँले निर्वाचन तोकिएको समयमा नभए देशले संबैधानिक संकट बेहोर्नु पर्ने दावी गर्नु भयो ।
सरकारले एमाले वा मधेसवादी जसको माग सम्बोधन गरे पनि समस्या समाधान हुने नदेखिएकाले देश थप संकट तर्फ गइरहेको भन्दै राणाले वर्तमान समस्याको गाँठो फुकाउन अलेक्जेन्डरको तरवार आवश्यक भएको टिप्पणी गर्नु भयो ।
उहाँले सिंमाकनको बिषयमा आफ्नो पार्टीको धारणा पहिलनै आईसकेको र संशोधनका बारे पार्टीलाई समेत जानकारी नदिएको भन्दै ५ नं. प्रदेशमा भएको आन्दोलनमा आफ्नो पार्टीको सहानुभूती नभएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै राणाले भने संविधान संशोधनमा घुमाउरो पारामा जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुने भन्ने विषयमा सहमत छैनौं तर राप्रपाले पहिला नै तराईमा दुई प्रदेश हुनु पर्दछ भन्ने धारणा राखेको बताउदैँ राणाले मधेसका जनताको जायेज माग राज्यले पुरा गर्नु पर्ने बताए ।
संसदबाट हिन्दुराज्य घोषणाको माग सम्बोधन गर्न सक्ने वातावरण नभएकाले पार्टीले महाधिवेशन पछि आन्दोलनको गर्ने भन्दै राणाले त्यसको लागि जनमत संग्रह गर्नु पर्ने बताउनु भएको छ । उहाँले पार्टीको एकतापछि करीव ६० जिल्लामा एकिकरण भइसकेको र बाकीँ जिल्लामा छिट्टै एकिकरण हुने बताउनु भयो ।
सरकारले आफ्ना नागरिकको घाउमा मलम समेत लाउन नसकेको भन्दै पूननिमार्णका सवालमा विदेशी दिएको साढे चार अरब रुपैया समेत खर्च गर्न नसक्नु र जनतालाई दुइ चिसोमा राख्नु सरकारको कमजोरी भएको राणाले आरोप लगाउनु भयो ।
Tuesday, December 20, 2016
स्थानीय निकाय निर्वाचनको बाधक एमाले : राणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment