Tuesday, December 13, 2016

निजगढलाई २ नं प्रदेशको राजधानी बनाउनुपर्ने धारणा

पर्सा,२८ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चौरसियाले संविधानलाई सर्वस्वीकार्य बनाउन र तीनै तहको निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नैपर्ने अवस्था रहेको बताउनुभयो ।
नेता चौरसियाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले ल्याएको प्रस्ताव समयसाक्षेप नभएको जनाउँदै संविधानलाई कार्यान्वयन गर्न पुरानै संरचनामा भए पनि एक पटकका लागि स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेकामा जोड दिनुभयो ।
नेता चौरसियाले निजगढ क्षेत्रलाई २ नं प्रदेशको राजधानी बनाउन उपयुक्त हुने धारणा पनि व्यक्त राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts