वालिङ, १९ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले स्याङ्जाको पुतलीबजार नगरपालिका–१ र ९ वडालाई जोड्ने आँधीखोलामा निर्माण हुने पक्की पुलको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ ।
एक सय २० मिटर लम्बाई र झण्डै ११ मिटर चौडाइ भएको उक्त पक्की पुल रु १२ करोड ५१ लाखको लागतमा निर्माण हुने बताइएको छ । साढे दुई वर्षको समयावधिमा उक्त पुलको निर्माण कार्य सक्ने गरी सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।
यसैगरी मन्त्री लेखकले स्याङ्जाको भीरकोट नगरपालिकाको बयरघारीदेखि छिमेकी जिल्ला पर्वतको हातेमालो चोकसम्म पुग्ने ग्रामीण कच्ची सडकको पनि आजै शिलान्यास गर्नुभयो ।
स्याङ्जा जिल्लाका केही गाविस र पर्वत जिल्लाको दक्षिणी भेगका सर्वसाधारणलाई लक्षित गरी रु. १९ करोडको लागतमा सो सडक निर्माण गर्न लागिएको हो । रासस
No comments:
Post a Comment