Sunday, January 15, 2017

विष खाएर दुईको मृत्यु

सप्तरी, २ माघ । कोलाडी बसाइनस्थित रामजानकी मन्दिरमा पूजा गर्ने एक पुजारीकोे आज विष खाएर मृत्यु भएको छ ।

सत्तरीवर्षीय मन्दिरका पुजारी फुलोदेवी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीकै नर्घौ गाविस– ६ की १२ वर्षीया ज्योतिकुमारी माली पनि विष खाएर मरेको प्रहरीले जनाएको छ । ती शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts