भक्तपुर, २५ पुस । नगरकोट नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु १२ करोड १९ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा कार्यकारी अधिकृत राजेन्द्र कार्कीले तेस्रो नगरपरिषद्बाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । नगरपालिकाले आन्तरिक तथा बाह्य स्रोतबाट रु दुई करोड आठ लाख र केन्द्रीय अनुदानबाट प्राप्त हुने रु १० करोड ११ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलेस्थानीय निकायको विकासका लागि सरकारले तत्कालै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले आगामी आवका लागि रु १८ करोड ३८ लाख ८८ हजारको बजेट पारित गरेको छ ।
आइतबार सम्पन्न तेस्रो नगरपरिषद्मा कार्यकारी अधिकृत रामकुमार कार्कीले बजेट प्रस्तुत गर्दै नगरपालिकाका काम पारदर्शी र जनमुखी बनाइने प्रतिबद्धता जनाउनुभयो । परिषद्ले ‘सूचना जनताको अधिकार’ भन्ने नारा पनि पारित गरेको छ । सांसद गिरिराजमणि पोखरेलले परिषद्को उद्घाटन गर्नुभएको थियो ।
पोखरा– लेखनाथ नगरपालिकाको २४ औँ नगरपरिषद्मा आगामी आवका लागि रु २६ करोड ४० लाख ५२ हजार बजेट प्रस्तुत गरिएको छ ।
कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कुल आन्तरिक स्रोततर्फ रु चार करोड ६६ लाख ८२ हजार र बाह्य स्रोततर्फ रु २१ करोड ७३ लाख ७० हजार अनुमान रहेको जानकारी गराउनुभयो ।
नगरमा स्थानीय आवश्यकतानुसारका योजना, खानेपानी व्यवस्थापन, सडक पूर्वाधार, सार्वजनिक जग्गाको संरक्षण, सफाइ, कृषि विकास, हरियाली, सरसफाइलगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
रामपुर(पाल्पा)– रामपुर नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आवका लागि रु १५ करोड ३५ लाख ९० हजारको बजेट पारित गरेको छ ।
सोअनुसार चालु खर्चतर्फ रु एक करोड १० लाख, समपूरक कोषतर्फ रु एक करोड २० लाख, लक्षित समूहतर्फ रु एक करोड ३० लाख १६, आर्थिक सामाजिक पूर्वाधार विकासतर्फ रु एक करोड ४५ लाख, प्रबद्र्धनात्मक कार्यक्रमतर्फ रु ९६ लाख ६९ हजार, ठूला पूर्वाधार विकासतर्फ रु एक करोड, मर्मत सुधारतर्फ रु ५० लाख, जिविस अनुदानतर्फ रु १५ लाख र सामाजिक परिचालनतर्फ रु ३५ लाख विनियोजन गरिएको छ ।
परिषद्को शिक्षा मन्त्रालयका सचिव शान्तबहादुुर श्रेष्ठले उद्घाटन गर्दै सम्भावनाले युक्त कालीगण्डकी बेंसीको महिमालाई बुुझेर पर्यटन, उद्योग र कृषिको विकास गर्न रामपुुरवासीले तत्परता देखाउनुुपर्ने बताउनुुभयो । नगरपालिकाका कार्यकारी अधिकृत ठानेश्वर पराजुलीले बजेट कार्यक्रमा रामपुर नगर उज्यालो नगर, सुरक्षित नगर र सचेत नागरिक, हाम्रो घर सुरक्षित घर, रामपुर नगर–हरियाली नगर लगायत नारालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
कार्यक्रममा वक्ताले कार्यान्वयनमा विशेष ध्यान दिँदै योजना र कार्यक्रम सञ्चालनमा सबैलाई समेट्नुुपर्ने सुझाव दिए । रासस
No related posts.
No comments:
Post a Comment