Tuesday, January 3, 2017

बिपीको नाममा खेल मैदान बनाउने : महामन्त्री कोइराला

कावासोती, २० पुस । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताउनुभएको छ ।

संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका थियौँ त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो उहाँले भन्नुभयो “जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।”

नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा आज उहाँले राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताउनुभयो ।

तीन तहको निर्वाचन गराउँदा मात्र संविधानको कार्यान्वयन हुने भएकाले चुनावमा केन्द्रित हुन आवश्यक भएको उहाँले औँल्याउनुभयो ।
नवलपरासी क्षेत्र नं १ को विकासका लागि गैँडाकोटदेखि कोटथर बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणमा लागि परेको समेत उहाँले बताउनुभयो ।

अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल बनाउन समेत आवश्यक छ डा कोइरालाले भन्नुभयो– “यहाँ बिपी कोइरालाको नाउँमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने सोचमा छु ।”

उहाँले विकासका प्राथमिकताका लागि आवद्यिक योजना बनाएर सबै नगरपालिका र जिल्ला विकास समितिले काम गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts