Tuesday, January 3, 2017

प्रधानमन्त्री दाहाल र सभामुख घर्तीबीच भेटवार्ता

काठमाडाँै, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच संसद्को गतिरोध, संविधान संशोधन प्रस्तावबारे सर्वोच्चको निर्णयपछि उत्पन्न परिस्थिति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख घर्तीले प्रधानमन्त्री दाहाललाई दलहरुबीच सहमति कायम गरी अघि बढ्ने वातावरणका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

मधेसवादी दलहरुले उठाएका मुद्दालाई सम्बोधन गर्न गत मङ्सिर १४ गते संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षीलगायत दलले निरन्तररुपमा संसद्को बैठक अवरुद्ध गर्दै आएका छन् ।

भेटका अवसरमा प्रम दाहालले आजैदेखि आफूले सहमतिका लागि आवश्यक पहल गर्ने सभामुखलाई अवगत गराएको सभामुखका प्रेस सल्लाहकार शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts