Saturday, January 14, 2017

राष्ट्रपतिबाट माघेसङ्क्रान्तिमा जलपान आयोजना

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघेसङ्क्रान्तिका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा जलपानको आयोजना गर्नुभयो ।

समारोहमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुङ्गाना, मन्त्री तथा सांसदहरुको सहभागिता थियो ।

यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँहरुबीच अनौपचारिक छलफल भएको थियो । जलपानमा माघी पर्वमा खाइने विभिन्न विशेष परिकार व्यवस्था गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts