Sunday, January 8, 2017

चौलागार्इं मृत फेला

मेलम्ची, २४ पुस । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ५३ वर्षीय जगन्नाथ चौलागाईं घर नजिकै मृत फेला परेका छन् ।

घरबाट धारामा पानी लगाउन भनी हिँडेका चौलागाईं राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा भदौरेस्थित वीरबहादुर वाइबाको बारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सामान्य ठाउँबाट लडेर मृत्यु भएको देखिए पनि कसैले हत्या गरेर फालेको वा सामान्य मृत्यु नै हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक चौलागाईंको शरीरमा कुनै घाउचोट नदेखिए पनि अनुहारमा गम्भीर चोट देखिएको छ । चौलागाईको शव शनिबारै क्षेत्रीय अस्पताल मेलम्चीमा परीक्षणपछि दाहसंस्कार गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts