Thursday, January 5, 2017

लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर, २२ पुस । पश्चिमी सीमानाका गड्डाचौकीबाट आज बिहान सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

निकटवर्ती भारतीय बजार वनवासाबाट प्रतिबन्धित नाइट्रोभेट नामक लागुऔषध एक हजार पचास थानसहित भीमदत्तनगरपालिका–१० का २३ वर्षीय रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरीलाई पक्राउ गरेको हो ।

दुबै जनालाई लागुऔषधसहित सीमा नाकामा चेकजाँचका क्रममा पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताउनुभयो ।

धामी लामो समयदेखि लागुऔषधको ओसारपसारमा संलग्न रहेको पाइएको छ उहाँले भन्नुभयो, “गिरीलाई धामीले मदिरा खुवाई सीमाना कटाउनका लागि लागुऔषध उपलब्ध गराएको प्रारम्भिक सोधपुछमा बुझिएको छ ।” लागुऔषधसहित पक्राउ गरेका दुबै जनालाई आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइने उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts