वीरगन्ज, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताउनुभएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी कै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले तराईमा रेल मार्गको निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो ।
आफू प्रधानमन्त्री बनेदेखिनै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उहाँले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तनियावस्ती उठीवास हुने भएकाले सो समस्याप्रति सरकार गम्भीर छ भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त वस्तीको समस्या समाधान हुने बताउनुभयो । द्रुतमार्गको निर्माण चाँडोभन्दा चाँडो सुरु गर्नुपर्ने माग राख्दै विगत आठ दिनदेखि अनशनमा बसेका स्थानीयवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक महिनाभित्र सो आयोजनाको काम सुरु हुने जानकारी दिदै अनशन तोड्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सांसद रामअयोध्याप्रसाद यादवले संविधान संशोधन प्रक्रिया अविलम्ब अघि बढाइ जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माण सुरु हुनुपर्ने माग राख्दै स्थानीयवासी यही माघ २२ गतेदेखि अनशनमा बस्दै आएका छन् । प्रधानमन्त्री दाहालले आजै बाराको सिम्रनगढमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘माछा जोन’को उद्घाटन गर्नुहुने छ । रासस
Saturday, February 11, 2017
राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment