काठमाडौं÷ शारीरिक अशक्तता भएका गीतकार सोम राईको आधुनिक गीति संग्रह एक्लोपन भित्र संग्रहित दुई दिनलाई मुटु चल्दैछ मेरो… भन्ने बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
युवराज चौलागाईको स्वर रहेको यस गीतमा संगीत भने रिमेश कुमारले दिएका छन् । सार्वजनिक भिडियोमा शिल्पा पोखरेल र डा.रामइश्वर यादव र सुजितको अभिनय रहेको छ । रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोलाई अनन्त तिमल्सिनाले निर्देशन गरेका छन् ।
कम्पास मिडियाले बजार ल्याएको उक्त गीति एल्बम आधुनिक गीति संग्रह एक्लोपनको केहि दिन अघि वरिष्ठ गीतकार डाक्टर कृष्णहरी बराल र वरिष्ठ शास्त्रिय संगीतकार चण्डी काफ्लेले बानेश्वरस्थित मसला कटेजमा एक कार्यक्रमकाबीच विमोचन गरेका थिए । गीतकार राईको जन्मदिन पारेर उक्त गीती संग्रह बजारमा ल्याएका थिए । उक्त क्रममा वरिष्ठ गीतकार डा. बरालले गीतका शब्दहरु मन छुने भएको र संगीतले झनै सुवास थपिदिएको भन्दै गीतकार र संगीतकारको तारिफ गरेका थिए । एल्बममा ३ वटा आधुनिक र एउटा राष्ट्रिय गीत समावेश छन् । सबै गीतमा संगीतकार रिमेश कुमारको संगीत रहेको छ भने कर्णदास, युवराज चौलागाई, दृष्टिविहिन गायक अजय लामा र गीतकार स्वयंले गाएका छन् । उक्त एल्बममा संग्रहित एउटा गीत टिका राम ढुंगानाले रचना गरेका छन् ।
गीतकार सोम राईको एउटा खुट्टा छैन, उनी ह्वील चियरमार्फत हिडडुल गर्छन् । पटक पटक खुट्टाको उपचार गरिरहेका उनको आर्थिक अवस्था पनि दयनीय नै छ तर पनि गीत संगीतप्रतिको तीव्र लगावको कारण संग्रह निकाल्न सफल भएका छन् । जसको लागि संगीतकार रिमेश कुमारको साथ र सहयोगका कारण सफल भएको उनले बताए । एल्बममा राष्ट्रिय, भावुक र रमाइलो पनका गीतहरु समावेश छन् ।
Tuesday, February 7, 2017
गीतकार सोम राईको “दुई दिनलाई” को गीति भिडियो सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment