Tuesday, February 7, 2017

तम्घास (गुल्मी), २५ माघ । स्वास्थ्यमन्त्री गगन थापाले अबको पाँच वर्षमा कुनै पनि स्थानमा स्वास्थ्य चौकी र अस्पतालका भवन खोज्दै जानु नपर्ने बताउनुभएको छ । भवन निर्माणका लागि राज्यसँग स्रोतको कमी नभए पनि इच्छा शक्ति कमजोर रहेको टिप्पणी गर्नुभयो । मङ्गलबार गुल्मीको हस्तिचौर गाविसस्थित स्वास्थ्यचौकीको भवन आज शिलान्यास गर्दै मन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । “देशभरका स्वास्थ्य चौकी र अस्पतालका भवन बनाउन करिब रु ६० अर्ब लाग्ने रहेछ त्यसको लागि प्रक्रिया सुरु भएकाले अबको पाँच वर्षमा कुनै भवन बन्न बाँकी रहँदैन”–थापाले भन्नुभयो । “देशभर बन्नुपर्ने स्वास्थ्य चौकी भवन दुई हजार ५०० छन्, यसवर्ष एक हजार २०० प्रस्ताव भएका थिए, तीमध्ये २७५ यो वर्ष परेका छन्”–उहाँले भन्नुभयो, “२७५ मध्ये गुल्मीमा मात्र १४ वटा भवन परेको छ ।” शिलान्यास कार्यक्रममा गाविस सचिव तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर अर्यालले स्वास्थ्य चौकीको लागि एम्बुलेन्स, स्वास्थ्य सामग्री र दरबन्दीअनुसारका कर्मचारीको माग गर्नुभएको थियो । अत्यन्तै जीर्ण रहेको हस्तीचौर स्वास्थ चौकीको भवन रु साँढे दुई करोडको लागतमा निर्माण सुरु गरिएको छ । भवन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts