बाजुरा, ५ फागुन । रैथाने बाली संरक्षण गर्ने योजनाअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ ।
जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाकोे आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठको भनाइ छ ।
उहाँले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बालीे प्रवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्न फापर खरिद गर्न लागेको बताउनुभयो ।
जिल्लाबाट आव २०७३÷०७४ का लागि ६० क्विन्टल फापर प्रतिकेजी रु ५५ का दरले खरिद गर्न कृषक वर्गलाई आग्रह गरिएको छ । रासस
No comments:
Post a Comment