Friday, March 31, 2017

नेपालमा फरक रक्त समूह भए पनि मिर्गौला प्रत्यारोपण सम्भव

प्रतिवेदन प्रस्तुत

काठमाडाँै, १८ चैत । साविकको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई वाणिज्य नीति, २०७२ मा उल्लेख भएअनुसार व्यापार प्रवद्र्धन प्रतिष्ठानमा रूपान्तरण गर्ने सम्बन्धमा अध्ययन गरी सरकारसमक्ष प्रतिवेदन पेस गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन प्रस्तुत ग¥यो ।

वाणिज्य मन्त्रालयका सहसचिव रवि भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलले वाणिज्य मन्त्री रोमी गौचन थकालीसमक्ष उक्त प्रतिवेदन पेस गरेको हो ।

त्यसअवसरमा मन्त्री थकालीले प्रतिष्ठान स्थापनाका सन्दर्भमा प्रस्तुत प्रतिवेदन महत्वपूर्ण दस्तावेज भएको बताउँदै प्रतिवेदनको विस्तृत अध्ययनपछि त्यसमा सुझाइएका विषयलाई सम्बन्धित सबै निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले यही चैत १ गते उक्त केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न कानुनी, नीतिगत, साङ्गठनिक र आर्थिक पक्षमा अध्ययन विश्लेषणका साथै सम्बन्धित निकायसँग छलफल गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो । रासस

महानगर सुधारका लागि तीस बुँदे कार्ययोजना सार्वजनिक

राष्ट्रपतिबाट उच्च मनोबलका साथ काम गर्न आयोगलाई आग्रह

काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा आज जानकारी गराएपछि राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष पनि व्यक्त गरेको आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षमा महिला र आदिवासी जनजातिको विजयको सुनिश्चिताको अवस्थाबारे जिज्ञासा राख्नुभएकामा आयोगका तर्फबाट विद्यमान कानुनी व्यवस्थाबारे अवगत गराइएको सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्ने सिलसिलामा आवश्यक रुपमा सोचविचार भएका खण्डमा संविधानको भावनानुसार स्थानीय तह समानुपातिक र समावेशी चरित्रको नमुनाका रुपमा स्थापित हुने विषयमा पनि उहाँहरुबीच विचारविमर्श भएको थियो । सो अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरी पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

यसैबीच प्रमुख आयुक्त डा यादवको नेतृत्वको टोलीले आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री लिमिटेड गई त्यहाँ भइरहेको मतपत्र छपाइको स्थितिबारे जानकारी लिएको छ । रासस

सीमा सुरक्षाका बारेमा पन्ध्र दिनभित्र लिखित जवाफ माग

संशोधन प्रस्तावले मधेसी जनताको भावना सम्बोधन हुन्छ:देउवा

विराटनगर, १८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावले मधेसी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ ।

काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्दै नेता देउवाले विभिन्न शक्तिले मधेस, पहाड र हिमाललाई विभाजन गरेर एकापसमा अविश्वास र विखण्डनको स्थिति सिर्जना गर्न लागिपरेको उल्लेख गर्नुभयो ।

विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता प्रकट गर्दै उहाँले तोकिएको समयमै स्थानीय निकायको निर्वाचनका लागि एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसभित्रै साम्प्रदायिकता तथा जातीय विभेदको सोच भएकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र डा डिला सङ्ग्रौला तथा सांसद अमृत अर्यालले विराटनगरलाई महानगरपालिका बनाउने विषयलाई शीघ्रता दिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

दुर्घटनामा मृत्यु

ताप्लेजुङ, १८ चैत । ताप्लेजुङ नगरपालिकाबाट बालुवा लिन काबेली नदीतर्फ जॉदै गरेको मे १ त ४७५७ नंको ट्रयाक्टर आज मेची राजमार्गको हेलिप्याडमा दुर्घटना हुँदा नाङखोल्याङका १६ वर्षीय अर्जुन खिम्दिङको मृत्यु भएको छ ।

अनियन्त्रित भएर पल्टिएको सोही ट्रयाक्टरले किच्दा गम्भीर घाइते भएका ट्रयाक्टरका सहचालक खिम्दिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

हत्या आशङ्कामा पक्राउ

बालिका बलात्कार गर्नेलाई १४ वर्ष कैद

ताप्लेजुङ, १८ चैत । नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ ।

याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सो फैसला गरेको हो ।

विश्वकर्माको जायजेथा केही नदेखिएकाले रु ७५ हजार पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार गोपाल थापाले जानकारी दिनभयो । त्यस्तै पीडित बालिकाको आर्थिक अवस्थासमेत नाजुक रहेकाले शिक्षादीक्षाका लागि जिल्ला बालकल्याण समितिलाई व्यवस्था गर्न आदेश दिइएको छ । रासस

तस्करीमा समेत एम्बुलेन्सको प्रयोग हुन थाल्यो

नेपाली भूभागमा तारबार लगाउँदा एसएसबीको अवरोध

बैतडीमा एकसय ५५ जना क्षयरोगी भेट्टिए

आमा अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लहान, १८ चैत । सिरहाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नंको मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जङ्गली हात्तीले चार घर भत्काए

यसैबीच, जङ्गली हात्तीले गएराती सिरहाको लहान नगरपालिका–१५ स्थित चार घरमा क्षति पु¥याएका छन् । जङ्गलबाट आएको जङ्गली हात्तीको समूहले स्थानीय मोहन यादब, बमभोला यादव, शिव यादव र श्याम यादवको फुसको घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

हात्तीको समूहले घर पूर्णरुपमा भत्काउनुका साथै घरभित्र भएको अन्नपातसमेत क्षति पु¥याउँदा करिब रु तीनलाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस
–––––––

चितुवाको आक्रमणबाट दुई घाइते

पथरी (मोरङ), १८ चैत । मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव हुनुहुन्छ ।

साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी जानुभएका पवनलाई समेत आक्रमण गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीको भनाइ छ । उहाँहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीको भनाइ छ । रासस
–––––––

खेल विश्वविद्यालय आवश्यक : उषाकिरण

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना, ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण पत्ता लागे

बेनी (म्याग्दी), १८ चैत । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ ।

भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल भएका हुन् । कुँवरले यस विषयमा केही वर्षदेखि खोज निरन्तर रुपमा गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धनात्मक लेखमा उल्लेख गर्दै आएपनि परीक्षणले पूर्णता भने केही महिनाअघि मात्र प्राप्त गरेको हो ।

सन् १५६४ मा इटालीमा जन्मिएका महान् वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिक शास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थालेका थिए । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइनजस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन ।

इटालीमा आफ्नो अध्ययन पुरा गरी हाल काठमाडौका विभिन्न अनुसन्धान संस्थामा सम्बद्घ रही अनुसन्धान गरिरहनु भएका वैज्ञानिक कुँवरले भन्नुभयो, “यसका कारण लामो समयदेखि विश्वभरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकले कामचलाउ सूत्रका भरमा अध्ययन–अध्यापन गराउँदै आएका थिए ।”

विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रमा प्रदर्शन गरिएका परीक्षण र प्रवचनका शृङ्खलापछि कुँवरले सन् २०१६ को डिसेम्बरमा उक्त समस्याको समाधानसँग सम्बन्धित अनुसन्धानपत्र प्रकाशित गरेका थिए । ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका ती दुई अनुसन्धानपत्र भौतिक विज्ञानका लागि चाबी सिद्ध हुने खोजकर्ता कुँवरले बताउनुभयो ।

समस्यासँग सम्बन्धित सैद्धान्तिक, गणितीय र प्रायोगिक प्रमाण पनि अनुसन्धानपत्रमा संलग्न गरिएको छ । “विश्वमा हाम्राभन्दा धेरै सुविधासम्पन्न प्रयोगशाला छन् । लगानीको अभाव पनि छैन । तर आजसम्म यति गम्भीर समस्याको समाधान पहिल्याउन किन ध्यान दिइएन ? म आश्चर्यमा छु”, कुँवरले आश्चर्य प्रकट गर्नुभयो ।

“अनुसन्धान पत्र र सम्बन्धित समाधान पढेपछि यस विषयले हामीलाई मात्र होइन संसारका सबै भौतिक शास्त्रीलाई आश्चर्यमा पार्नेछ”– कुँवरले भन्नुभयो । भौतिक शास्त्रमा कोठाभित्र गरिएका बैठक र छलफलबाट अमुक परिणाम निस्क्यो भनेर जानकारी गराउने प्रवृत्तिभन्दा आफू निकै टाढा रहेको बताउँदै कुँवरले भन्नुभयोे, “भौतिक शास्त्रीय परिणाम निस्केपछि भएको के थियो भन्नेबारे सबैलाई खुलेर जानकारी गराउन सक्नुपर्छ र नतिजा परीक्षणबाट स्पष्ट रुपले देखाउन पनि सक्नुपर्छ ।”

भौतिक शास्त्रीय खोज तथा अनुसन्धान परीक्षण गर्दा सधैँ उही परिणाम आउने र प्रयोगशाला र प्रदर्शनमा खुलेर देखाउन सकिने खालका हुनुपर्ने धारणा कुँवरको छ । उहाँले अनुसन्धानपत्र सबैले अध्ययन गर्न पाउने गरी प्रकाशित गर्नुभएको छ । यसखाले अनुसन्धानपत्र अध्ययन गर्न अन्य देशमा भने चर्को मूल्य तिर्नुपर्ने हुन्छ ।

ग्यालिलियोको योगदान के थियो ?

खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनुभन्दा झन्डै दुई दशकअघि सन् १५४५ मा ‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक प्रकाशन गरिएको थियो । उक्त पुस्तकका लेखक ‘डोमिंगो डे सोटो’ थिए । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालका बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गरेका थिए ।

‘अरस्तुको भौतिक शास्त्र’ प्रकाशन भएको दुई दशकपछि ग्यालिलियोको जन्म भएको थियो । आफू २० वर्षको हुँदा ग्यालिलियोले वस्तुलाई छड्के सतहमा गुडाएर ऐतिहासिक परीक्षण गरेका थिए । उनले गरेको उक्त परीक्षणलाई भौतिक शास्त्रीले विशेष महत्वका साथ लिने गर्दछन् । परीक्षणपछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिक्सअन्तर्गत राखी अध्ययनअध्यापन गराइन्छ ।

ग्यालिलियोको सूत्रअनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । पिन्डको सन्दर्भ नउठाइए पनि उनको यस मान्यतामा विस्थापनलाई बलसापेक्ष विषय मानिएको छ । ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा मूलतः गुरुत्वप्रवेगबारे जानकारी गराएका थिए र त्यसकै आधारमा विस्थापनको सूत्र बनाएका थिए ।

कुँवरले भन्नुभयो, “उक्त सूत्रको प्रयास पूर्ण नभएका कारण उक्त सूत्रले दिने विस्थापनको नतिजा वास्तविक विस्थापनभन्दा धेरै नै कम हुन पुग्दछ । भौतिकशास्त्रका लागि ग्यालिलियोले दिएको यो महान् योगदानलाई न्युटन, ह्यामिल्टन, इउलर र आइन्स्टाइनले पनि गम्भीरताका साथ अध्ययन र प्रयोग गर्नुपर्दथ्यो । त्यसो नगरेका कारण भौतिक शास्त्रको जगमा डरलाग्दो समस्या निम्तिन पुग्यो ।”

भौतिक विज्ञान स्वतन्त्र विषय नहुँदै पुस्तक प्रकाशन गरेका वैज्ञानिकले ग्यालिलियोको योगदानको गहन अध्ययन गर्नुपर्ने धारणा कुँवरको छ । भौतिकशास्त्रको इतिहासको समीक्षा गर्दै कुँवरले भन्नुभयो, “उनीहरुले उक्त सूत्रलाई प्रवद्र्धन गर्न, विकास गर्न र प्रयोगयोग्य गराउनतिर धैर्यतापूर्वक समय दिएको देखिएन । समयमै ग्यालिलियोको योगदानको मूल्याङ्कन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमी र अध्येता झन्डै चार शताब्दीदेखि सही जानकारीबाट वञ्चित हुन पुगेका छन् । यसले हजारौँ अनुसन्धानलाई प्रभावित गरेको छ ।

के छुटेको थियो ?

खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयबारे गणितीय उदाहरणसहित स्पष्ट गरेका छन् । उनको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ–पृथ्वीबाट कुनै यान सरदरमा एकनास दूरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरीक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा ग¥यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ?

यस सवालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रका आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दूरीभन्दा १५ करोड ४५ लाख २६ हजार चारसय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिएका छन् ।

मिलिमिटरभन्दा साना खण्डको पनि सत्यतथ्य खोज्ने नयाँ पुस्ताले अर्बौँ मिटर फरक हुने नतिजा पनि थाहै नपाईकन एकदम सही छ भन्दै पढ्ने÷पढाउने गर्दै आएका छन् । यो विडम्बना हो, यसले कसैलाई पनि हित गर्दैन, कुँवरले गणितीय प्रमाणसहित स्पष्ट पार्नुभयो । कुँवरले थप्नुभयो, “सत्रौँ शताब्दी र त्यसपछिका वैज्ञानिकले सर्वप्रथम यस्ता जाँच गरेर मात्र भौतिक विज्ञानलाई अघि बढाउनुपर्ने थियो ।”

परीक्षणहरु कहाँ र कहिले गरिएको थियो ?

पछिल्लो अनुसन्धानपत्र प्रकाशन गर्नुभन्दा केही वर्षपूर्व खोजकर्ता कुँवरले सम्बन्धित विषयलाई काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको प्रयोगशालामा पटकपटक दोहोराएर परीक्षण सम्पन्न गर्नुभएको थियो । आन्तरिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मात्र बाह्य परीक्षणका शृङ्खला थालिएको थियो ।

काठमाडौँ र ललितपुरका विभिन्न शिक्षण संस्थामा सम्बन्धित परीक्षण तथा प्रवचन सम्पन्न गरिएको थियो । कुँवरले काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स, गोङ्गबुमा विसं २०६९ मङ्सिरदेखि पुसका बीचमा पछिल्लो आखिरी आन्तरिक परीक्षण सम्पन्न गर्नुभएको थियो । यस परीक्षणपूर्व विसं २०६७ को चैतमा सम्बन्धित प्रवचन त्रिभुवन विश्वविद्यालयमा दिइएको थियो । भौतिकशास्त्र पुनर्निर्माण अभियानका सदस्य तथा अन्य सहयोगीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

विसं २०६९ को पुुसमा युनाइटेड स्कलर्स एकेडेमी काठमाडौँमा पहिलोचोटि बाह्यरुपमा परीक्षण सम्पन्न गरिएको थियो । ठाडो सतहका लागि गरिएको उक्त परीक्षणले ७ घन्टाको समय लिएको थियो । परीक्षण कार्यक्रममा विभिन्न भौतिकशास्त्री, शिक्षक तथा विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । विसं ०६९ को माघमा दिव्यकान्ति बोर्डिङ स्कुलको चौरमा समतल सतहका लागि पूर्वपरीक्षण सम्पन्न भएपछि अरनिको इन्टरनेसनल एकेडेमी, ललितपुरमा सम्बन्धित परीक्षण सम्पन्न गरिएको थियो । समतल सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले ५ घन्टाको समय लिएको थियो । भौतिकशास्त्र पुनर्निर्माण अभियानको सहयोगमा परीक्षण सम्पन्न भएको थियो ।

पछिल्लो चोटिको परीक्षण कुँवरले विसं २०७३ को माघमा गर्नुभएको थियो । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको चितवन शाखामा उक्त परीक्षण गरिएको थियो । ठाडो सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले झन्डै दुई हप्तासम्मको समय लिएको थियो ।

परीक्षणपछि कुँवरले दिएको समाधान के हो ?

भौतिकशास्त्रमा ‘सुवात’का पाँचवटा सूत्रको पठनपाठन विश्वभरि हुन्छ । अङ्ग्रेजी वर्णहरु एस, यू, भी, ए र टीबाट ‘सुवात’ शब्द बनेको हो । यी वर्णको अर्थ क्रमशः विस्थापन, सुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने हुन्छ । स्कुल र कलेजका पाठ्यपुस्तकमा ‘सुवात’का पाँचवटा समीकरण रहेका छन् । ‘सुवात’का पाँचवटै समीकरणले वास्तविकताभन्दा फरक परिणाम दिएको थाहा पाएपछि कुँवरले ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण आविष्कार गरेका थिए ।

अङ्ग्रेजी एस, यू, भी, आर र टीको समग्रताबाट ‘सुव्रत’ शब्द बनेको हो । उनले आविष्कार गरेका पाँचवटै समीकरण ‘सुवात’का पाँचवटै समीकरणभन्दा फरक, सही र सरल छन् । यी पाँचवटै समीकरणले विस्थापन र अन्य परिमाणको मात्रा जति हुनुपर्ने हो ठ्याक्कै त्यति दिन्छन् ।

पत्ता लागेका नयाँ समीकरण सामान्य क्याल्कुलेटरको सहाराले सबैले सधैँभरि जाँच्न सकिने कुँवरले बताउनुभयो । क्याल्कुलेटरै नभए पनि सजिलै जाँच्न सकिन्छ– खोजकर्ता कुँवरले थपे ।

विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाउ मान निकाल्ने गरिएको थियो । तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दूरीका पदसङ्ख्या, दूरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएका हुन् । वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्ने÷पढाउने गरिन्छ – कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पारे ।

विस्थापनको सूत्रको प्रयास थालिएको चारसय ३२ वर्ष बितिसक्दा पनि भौतिकशास्त्रमा यात्राको मात्रा १० मिटर हुँदा आठ मिटर भएको लेखिन्छ । १० मिटर यात्रा भएको हिसाब निकाल्ने कुनै सूत्र बन्न सकेन–कुँवरले बताए । अझै पनि १० लाई आठ भन्दै जाने हो भने त्रुटिपूर्ण र कामचलाउ अध्ययनअध्यापनको इतिहास अझ लम्बिनेछ ।

मानवजातिले गर्न सक्ने आविष्कार र खोजका सम्भावना थप कटौती हुनेछन्–अनुसन्धानकर्ता कुँवरले चिन्ता व्यक्त गरे । अनुसन्धानपत्रमा कुँवरले प्रस्तुत गरेका गणितीय प्रमाणमध्ये एउटा उदाहरणमा हुनुपर्ने विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटर कम हुने उदाहरण पनि समेटिएको छ । यसतर्फ सङ्केत गर्दै उनले भने–“भौतिक विज्ञानले यति ठूलो अन्तरसमेत बेवास्ता गर्नु दुःखद पक्ष हो । भौतिकशास्त्रको विश्वसनीयता ठूलो सङ्कटमा छ ।”

भौतिक विज्ञानजस्तो सत्यको बढी नजिक मानिने विज्ञानले मानवपुस्तालाई कस्तो मार्गदर्शन गरेको छ ? सबैले विचार गर्नुपर्ने भएको छ–कुँवरले बुद्धिजीवी र सञ्चारकर्मीले मानवजातिको हितका लागि आ–आफ्ना स्थानबाट समयमै यथोचित भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यो समस्यामा कुँवरको ध्यान किन गयो ?

विसं २०५५ देखि एउटा यन्त्र बनाउने योजना बनाइरहँदा त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि उनी हैरान थिए । त्यसपछि २०६० तिर बागलुङको ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र बनाउने गर्न थाले । त्यतिबेला कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरको ०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिकशास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको उल्लेख छ ।

जम्माजम्मी सातसय १८ पृष्ठको उक्त पुस्तकका केही खण्डमा उनले एकाई समयमा देखिने दूरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गरेका छन् । यस विषयमा केही प्रवचन कार्यक्रम पनि सम्पन्न भएका थिए । पछि उनले त्यसकै आधारमा दुर्यान्तर पत्ता लगाएका थिए ।

भौतिकशास्त्रका सयौँ सूत्रमा समस्या भएको थाहा पाएपछि त्यसको वास्तविक कारण पहिल्याउनु उनका लागि चुनौती हुन गएको थियो । कारण पहिलिएपछि समाधान पहिल्याउन फेरि चुनौती थपिन पुगेको थियो । समयक्रमसँगै वास्तविक समाधान समेटिएका अनुसन्धानपत्र पनि सम्पन्न गर्न उनी सफल भएका थिए । सरल र अकाट्य समाधानको निष्कर्षमा पुगी त्यसलाई परीक्षण गरे । “तर जोकोहीले अध्ययन गर्न मिल्ने गरी अनुसन्धानपत्र प्रकाशित गर्नुपर्ने भयो । त्यसो नगरेसम्म के गरेको हो भन्ने कुरा सबैलाई थाहा नहुने भयो । त्यसैले थप जानकारी मिलोस् भन्ने अभिप्रायले ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका दुईवटा अनुसन्धानपत्र प्रकाशित गरेँ”–कुँवरले बताए ।

खोजकर्ता कुँवर भन्छन्–“कुनै तथ्य परीक्षणबाट सिद्ध भइसकेपछि यस विषयबारे सबैलाई जानकारी गराउनतिर नलागी व्यक्तिगत र पारिवारिक सुखमा समय दिनतिर मन लागेन, कसैले पनि यसो गर्नु हुँदैन । त्यसो गरियो भने सम्पूर्ण मानवजाति र मानवपुस्ताका लागि गरिएको अक्षम्य अपराध हुनजान्छ ।”

महान् वैज्ञानिक आर्किमिडिजको प्रसङ्ग उल्लेख गर्दै कुँवरले भने–“आर्किमिडिजको व्यवहारले हामीलाई सत्य भेटियो भने अरूलाई बताउन नबिर्स, बरु कपडा लगाउन बिर्से पनि केही हुँदैन भन्ने सिकाएको छ । आर्किमिडिजले नयाँ कुरा पत्ता लगाएपछि अरूलाई त्यसबारे बताउनका लागि कपडा नलगाई नाङ्गै दौडिएका थिए ।” रासस

नगरपालिका र जिससमा तोडफोड

कञ्चनपुर (सप्तरी), १८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे ।

उनीहरुले केही बेरअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट रु १० लाखभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । मालपोत प्रमुख दधीराम गुरागार्इंले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाउने बताउनु भयो । रासस
–––––

Thursday, March 30, 2017

हिमाली क्षेत्रमा फोहोर

म्याग्दीको मुदीमा रहेको धौलागिरि हिमालको आधार शिविरमा पुगेका पर्यटकले फालेको फोहोर देखाउँदै स्थानीय पर्यटन व्यवसायी । तस्बिरः कमल खत्री, म्याग्दी, रासस

प्रम र भारतिय स्थल सेनापति भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भेटवार्ता गर्दै भारतका स्थल सेनाध्यक्ष विपिन रावत । तस्बिर : प्रदीपराज वन्त, रासस

कविता महोत्सवको पुरस्कार वितरण

कविता महोत्सवको पुरस्कार वितरण राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल कवि मणिराज सिंहलाई सम्मान गर्नुहुँदै । तस्बिर : प्रदपराज वन्त, रासस

संविधान संशोधन गरेरमात्र निर्वाचनःसंयोजक डा भट्टराई

काठमाडौँ, १७ चैत । नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्नेमा जोड दिएको छ ।

पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो – “सबै राजनीतिक दललाई समेट्न, संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्छ ।”

संयोजक भट्टराईले अब हुने निर्वाचन विगतको निरन्तरता नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको नयाँ ऐतिहासिक निर्वाचन भएको बताउँदै आफ्नो पार्टीले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने बताउनुभयो ।

“चुनाव चिन्ह विना नयाँ शक्ति पार्टी निर्वाचनमा जाँदैन र जान पनि हुँदैन्,” उहाँले भन्नुभयो – “निर्वाचन आयोगले स्वीकृत गरेको आँखा निर्वाचन चिन्ह नै आफ्नो पार्टीलाई चाहिन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराईले संविधान तथा सङ्घीयताको मुख्य चुरो सिमाङ्कन भएकाले मधेश केन्द्रित दलको सहमति बिना हुने निर्वाचनको कुनै औचित्य नहुने बताउनुभयो ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधन, विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको घोषणा, सर्वदलीय सरकार, तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्नेलगायतका छ वटा सर्त पार्टीले अगाडि सारेको जानकारी दिनुभयो ।

पार्टीले अगाडि सारेका सर्त पूरा नगरे आन्दोलन गर्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

संयोजक डा भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन तथा निर्वाचनका लागि सात वटै प्रदेशको उत्प्रेरक र संयोजक समेत तोकेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । रासस

भाषा र साहित्यको उत्थानमा साहित्यकर्मीको उल्लेख्य योगदान छ: राष्ट्रपति भण्डारी

काठमाडौँ, १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भाषा, साहित्यको उत्थानमा साहित्यकर्मीको उल्लेख्य योगदान रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९ औं स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७२ र २०७३ को पुरस्कार वितरण समारोहमा उहाँले भन्नुभयो – “नेपाली सहित्यको उत्थानमा साहित्यकर्मीले ठूलो सहयोग पु¥याएको छ ।”
राष्ट्रपति भण्डारीले “प्राचीनकालदेखि अहिलेसम्म साहित्यका माध्यमबाट समाजको यथार्थता, प्राकृतिक सुन्दरता, समाजको चरित्रजस्ता कुरा राम्ररी उठान गरेर समाजलाई सचेत गराउन महत्वपूर्ण योगदान पुगेको छ भन्नुभयो ।”

नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको ठूलो योगदान रहेको र पछिल्लो समयमा पनि यस क्षेत्रको विकासका लागि साहित्यकारहरुले सक्रिय भएर लागेको बताउँदै उहाँले नेपाली कला, भाषा र साहित्यको विकास सरकारले मात्र गर्न नसक्ने भएकाले यसमा निजी क्षेत्रका स्रष्टासहित सबै नेपाली नागरिकको सहयोग अपरिहार्य भएकोमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलताबीचको एकता तथा नेपाली भाषा र साहित्यको विकासमा योगदान पु¥याउने उद्देश्यले प्रत्येक वर्ष प्रतिष्ठानले कविता महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

यसरी पुरस्कार पाउनेमा ललितपुरका मणिराज सिंह(लोकतन्त्रको अस्मिता) प्रथम, नुवाकोटका पुरु लम्साल (घर फर्कने कल्पना) द्वितीय र अर्घाखाँचीका असीम सागर (टेको), सिन्धुपाल्चोकका त्रिलोचन आचार्य (म नेपाली), मोरङका मञ्जुश्री गिरी (पीरको झरीले रुझिरहेको देश) तृतीय रहेका छन् ।

प्राकृतिक प्रकोपका कारण २०७२ सालमा कविता महोत्सव हुन सकेको थिएन । त्यो पनि यही वर्ष भएको थियो । प्रकाशन नभएका कवितमध्येबाट २०७२ सालमा तृतीय पुरस्कार तीन जनाले प्राप्त गरेका छन् । यसरी पुरस्कार प्राप्त गर्नेमा महोत्तरीका राजु स्याङ्तान (एउटा दासको घोषणापत्र), बझाङका सोझो गाउँले (तातो बालुवामा छाती धसिरहेको जिन्दगी) र तनहुँका सुदेश सत्याल (जन आवाज) रहेका छन् । ती सबैलाई राष्ट्रपति भण्डारीले जनही रु २० हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सुरु गर्दै आएको छ । रासस

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

भक्तपुर, १७ चैत । बच्चा जन्माएर गाडेको अवस्थामा आज प्रहरीले एक शिशुको शव फेला पारेको छ ।

शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

बच्चा जन्माउने बेला भएपछि उपचारका लागि पैसा सापटी लिन श्रीमान् मेघबहादुर तामाङ गाउँ गएका बेलामा बच्चा जन्माए पछि नजिकैको बाँसघारीमा खाल्डो खनेर बच्चा पुरेको खुलासा भएपछि प्रहरीले साइली तामाङलाई नियन्त्रणमा लिएको र हाल उनको उपचार भक्तपुर अस्पतालमा गराइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरिक्षक प्रसाईंले गाडेको शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस

प्राप्त उपलब्धि गुम्न नदिन सबै पक्ष निर्वाचनमा सहभागी हुुनुपर्नेः नेता पौडेल

इटहरी, १७ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिन स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई भाग लिन आग्रह गर्नुभएको छ ।

सुनसरीको इनरुवामा आज काँग्रेस ४ नं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –“मधेसी, दलित एवम् महिलाले प्राप्त गरेको उपलब्धि र अधिकारहरु गुम्न नदिन पनि निर्वाचनको अपरिहार्यता छ ।”

नेता पौडेलले काँग्रेसले संविधान संशोधनलाई टुङ्गोमा पु¥याउने विश्वास दिलाउँदै मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

काँग्रेस हल्ला गर्ने र समस्या देखाउने पार्टी नभई समाधान गर्ने पार्टी भएकाले यसले अघि सारेका सबै मुद्दाहरु सबैको हितमा रहनेमा पनि उहाँले जोड दिनुभयो । रासस

वैशाख ३१ का लागि ढुक्क हुनुसःप्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।

बालुवाटारस्थित आफ्नै निवासमा उहाँले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गर्नुभएको हो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उहाँले भन्नुभयो– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीले राजनीतिक सहमतिको वातावरण बनाउन दिनरात लागि परेका छौँ, सहमतिको अनुकूल वातावरण बन्नेमा विश्वास दिलाउनुभएको छ भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउँदै यसका लागि सरकारले सुरक्षा कार्ययोजना तयार गरिसकेकाले निर्धक्क भएर निर्वाचनमा होमिन आयोगलाई आग्रह गर्नुभयो ।
तराई–मधेसमा निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमतिको अन्तिम प्रयास भइरहेको र त्यो छिटै नै सहमतिको बिन्दुमा पुगिने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनुभयो ।

साना राजनीतिक दलले निर्वाचन चिह्न नपाएको गुनासो गरिरहेको छ नी भनी सोधेको जिज्ञासामा आयुक्त यादवले भन्नुभयो, “आयोगले संविधान र कानुनको आधारमा निर्वाचन चिन्ह प्रदान गरेको छ, केही दलले कानुनको कारणले निर्वाचन चिह्न प्राप्त गर्न नसकेको हो, त्यसका लागि अहिले केही गर्न सक्दिैन् किनभने आयोगले ५१ जिल्लाको मतपत्र छापिसकेको छ, मतदाता नामावलीको सूची पनि तयार भइसकेको छ ।”

निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली र मतदान केन्द्रलगायत सबै तयारी भइसकेको तथा वैशाख ३१ को निर्वाचन सम्पन्न गराउन सरकारका तर्फबाट पनि पूर्ण सुरक्षाको प्रत्याभूति आएको आइसकेको छ उहाँले भन्नुभयो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो । रासस

उद्योगमन्त्री जोशी र अष्ट्रेलियाका राजदूतबीच भेट

काठमाडौँ, १७ चैत । उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन डारेन ह्वाइटले भेट गर्नुभयो ।

भेटमा मन्त्री जोशीले लघुउद्यम विकास कार्यक्रमले ग्रामीण क्षेत्रमा ७० हजारभन्दा बढी लघु उद्यमी तयार भएको बताउँदै उद्यमशीलता विकासमा अष्ट्रेलियन सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर कार्य गरिरहेको उल्लेख गर्दै उहाँले नीतिगत सुधार तथा उद्योग मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभागबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्तदुरुस्त र पारदर्शी बनाएको बताउनुभयो ।

मन्त्री जोशीले नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागि सहयोग गर्न आग्रह गर्दै नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत ह्वाइटले नेपालले नीतिगत सुधार गरी लगानीका लागि सहजता बनाएकोमा खुसी व्यक्त गर्दै नेपालको विकास प्रयासमा अष्ट्रेलियन सहयोगको निरन्तरता रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दार्चुला जिल्लामा उत्पादित अग्र्यानिक महको विश्व बजारमा राम्रो भविष्य भएकाले त्यसतर्फ ध्यान दिन उहाँले सुझावपनि दिनुभयो । रासस

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक प्रमाणीकरण

काठमाडौँ, १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३” लाई प्रमाणीकरण गर्नुभएको छ ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उहाँले उक्त विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

उक्त विधेयक व्यवस्थापिका–संसद्को गत माघ १७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियो । रासस

Wednesday, March 29, 2017

स्वतन्त्र र निष्पक्ष पत्रकारितामा जोड

मन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ, १६ चैत । भौतिक पूर्वाधार एवम् यातायात व्यवस्थामन्त्री रमेश लेखक र नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्री लेखकको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, अन्तरदेशीय यातायात सञ्जाल विस्तार र भारतीय सहयोगमा सञ्चालित आयोजनाका बारेमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा मन्त्री लेखकले दुई देशबीच उच्चस्तरको भ्रमणका बखत सहमति भएका परियोजना निर्माणलाई नेपाल सरकारले प्राथमिकता दिएर काम गरेको जानकारी गराउनुभएको मन्त्रालयले जनाएको छ । भारतले सडक, विद्यालय भवन, स्वास्थ्य संस्था, विद्युत्जस्ता पूर्वाधार र तटबन्ध निर्माणका क्षेत्रमा नेपाललाई विशेष रुपमा सहयोग पु¥याउँदै आएको छ ।

भारतीय राजदूत पुरीले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध आफ्नो कार्यकालमा थप सुदृढ तुल्याउने विश्वास दिलाउँदै नेपाललाई भारत सरकारले दिँदै आएको सहयोगलाई निरन्तरता दिई थप लगानीका क्षेत्रको पहिचान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु ,एक घाइते

रत्ननगर (चितवन), १६ चैत । चितवनको भरतपुर ओरालोमा आज साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको चितवनका प्रहरीनायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्मायाको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको हो भने ललिताको कजेलमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो । घाइते चितवन भरतपुरकी सूर्यकुमारी श्रेष्ठको सोही कलेजमा उपचार भइरहेको र साँझ ५ः१५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालकसमेत घाइते रहेको उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस

युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित

काठमाडौँ, १६ चैत । आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै नेपाल प्रेस युनियनले पूर्व निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगन गरेको छ ।

देश नै स्थानीय तहको चुनावमा केन्द्रित हुन लागेका अवस्थामा युनियनमा आबद्ध पत्रकार पनि स्थानीय तहको चुनावमा होमिनुुपर्ने अवस्था र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितासमेत लागू भएको सन्दर्भमा युनियनको केन्द्रीय सचिवालय बैठकले तत्कालका लागि बैठक र भेला स्थगन गरेको महासचिव अजयबाबु शिवाकोटीले बताउनुभयो ।

युनियनले केन्द्रीय समिति बैठक यही चैत २५ गते र राष्ट्रिय भेला चैत २६ गतेका लागि कास्कीको पोखरामा गर्ने तय गरेको थियो । बैठकले नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक प्रदीप काफ्लेका पिता पुरुषोत्तम काफ्लेको असामयिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै सिकिस्त बिरामी भई अस्पताल भर्ना हुनुभएका नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष काशीनाथ यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचन हुन गइरहेको परिवेशमा मातृपार्टी नेपाली काँग्रेसका पक्षमा निर्वाचन माहोल बनाउन युनियन आबद्ध सबै सदस्यलाई कलम चलाउन पनि आग्रह गरेको छ । रासस

उम्मेदवार बन्न र कामको जिम्मेवारी लिनसक्ने गरी मतदाता शिक्षा दिँदैछ आयोग

शाहको हत्याको विरोधमा नेविसङ्घको देशभर प्रदर्शन

काठमाडौँ, १६ चैत । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको विरुद्धमा आज सङ्घले देशभर विरोध प्रदर्शन गरेको छ ।

हत्यारालाई कारबाहीको माग गर्दै सङ्घले देशभर प्रदर्शन गरेको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराउनुभयो । काठमाडौँमा पनि हत्याको विरोधमा प्रदर्शन गरिएको छ ।

त्रिचन्द्र क्याम्पसबाट निकालिएको विरोध जुलुस प्रदर्शनी रत्नपार्क, भृकुटीमण्डप हुँदै पुतलीसडकमा भएर कोणसभामा परिणत भएको थियो ।

सभामा सङ्घका अध्यक्ष महरले निर्वाचनको वातावरण बिथोल्न शाहको कायरतापूर्ण तरिकाले हत्या गरेको बताउनुभयो । उहाँले अहिलेको समकालीन राजनीतिक धमिल्याउने प्रयासमा हत्या गरिएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गर्नुभयो । शाह सङ्घको महाधिवेशनमा सहमहामन्त्रीको प्रत्याशी रहनुभएको थियो ।

यसैगरी उहाँको हत्याको विरोधमा सङ्घले बिहीबार विहान ९ देखि १० बजेसम्म देशभरिका क्याम्पसअगाडि चक्काजाम गर्ने र शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने अध्यक्ष महरले जानकारी गराउनुभयो ।

शाहको मङ्गलबार राति जाजरकोट सदरमुकामनजिक चार–पाँचजनाको समूहले हत्या गरेका थिए । रासस

प्रेसमाथि हुने आक्रमण रोकिनुपर्छ

काठमाडौँ, १६ चैत । मुलुकका विभिन्न स्थानमा पत्रकार÷सञ्चारकर्मी माथि हुने धम्की, दुव्र्यवहार, कुटपिट तथा प्रेसमाथि हुने आक्रमण रोक्नुपर्नेमा सञ्चार क्षेत्रका अगुवाहरूले जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्को ६२ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित ‘शुभकामना आदान–प्रदान तथा चियापान’ कार्यक्रममा सञ्चार क्षेत्रका अगुवा तथा विज्ञहरूले अनलाइन सञ्चार माध्यमलाई सङ्कुचित गर्ने नियतले सरकारले अनलाइन निर्देशिका ल्याएको भन्दै खारेज गर्न मागसमेत गरेका छन् ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सुझाव कार्यदलले निर्देशिकामाथि पटकपटक सुझाव दिँदासमेत त्यसलाई बेवास्ता गर्दै सरकारले अनलाइन माध्यमलाई सङ्कुचित गर्नुका साथै स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने नियतले निर्देशिका ल्याएको आरोप लगाउनुभयो ।

अध्यक्ष डा विष्टले न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न सबै सञ्चार गृहसँग अपिल गर्नुभयो । पत्रकार महासङ्घ गैरराजनीतिक संस्था भएको हुँदा महासङ्घको निर्वाचनलाई निर्वाचन आयोग नेपालले रोक्न नमिल्ने उहाँको तर्फ छ ।

नेकपा (एमाले) का नेता तथा महासङ्घका पूर्वमहासचिव रघुजी पन्त र महासङ्घका पूर्वअध्यक्ष होमनाथ दाहालले परिवर्तित सन्दर्भमा आमसञ्चार माध्यमले संयमित र अनुशासित ढङ्गबाट समाचार प्रकाशन÷प्रसारण गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रसासकीय अदालतका अध्यक्ष काशीराज दाहाल, नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीलगायतले महासङ्घलाई शुभकामना दिनुभयो । २००८ सालमा नेपाल पत्रकार सङ्घको रूपमा स्थापना भएर २०१२ सालमा महासङ्घमा रुपान्तरित भएको हो । रासस

करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

गौशाला, १६ चैत । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिका–३ धीरापुर गाउँमा आज करेन्ट लागेर दुई बालिका गम्भीर रुपमा घाइते भएका छन् ।

घाइते हुनेमा धीरापुर बस्ने मदन रायकी १२ वर्षीया छोरी मुस्कान राय र भुवनेश्वर रायकी छोरी १४ वर्षीया निशा राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै बालिका घर नजिकै रहेको बिग्ही नदीको पुलमाथि घुम्न जाँदा पुलमै मात्र छ फिट माथि बाँसको टुप्पोमा अड्याएर राखिएको ११ हजार भोल्टको करेन्टसहितको तारबाट उनीहरुलाई करेन्ट लागेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

दुवै बालिकालाई परिवारजनले अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचार गराएर विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् । रासस

फेरि सुरु हुँदै ‘न्यायो झोला उपहार कार्यक्रम’

काठमाडौँ, १६ चैत । स्वास्थ्य संस्थामा सुत्केरी हुन पे्ररित गरी आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले सुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रम पुनः सुरु हुने भएको छ ।

चालु आर्थिक वर्षको सरकारको कार्यक्रममा नपरेको न्यानो झोला कार्यक्रम यही महिनादेखि सुरु हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्यानो झोला वितरण गर्दै आएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अन्य कार्यक्रमको रकम कटौती गरी यही महिनादेखि नै यो कार्यक्रम गर्न रु दुई करोड ५१ लाख विनियोजन गरेपछि कार्यक्रम सुरु हुन लागेको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो कार्यक्रम यस वर्षको कार्यक्रममा थिएन । अब कुन जिल्लामा कति आवश्यक पर्छ त्यो अध्ययन गरी हामी जिल्लामा छिट्टै रकम पठाउँदै छौँ ।” नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यकासाथ सरकारले तीन वर्षअघि न्यानो झोला कार्यक्रम सुरु गरेको थियो ।

शीताङ्गका कारण हुने नवजात शिशुको मृत्युदर हटाउन प्रभावकारी मानिएको कार्यक्रम एकाएक रोकिँदा सर्वत्र यसको आलोचना पनि भएको थियो । सरकारले दुई वर्ष लगातार बजेट छुट्याएर बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशु र सुत्केरी आमालाई न्यानो कपडा उपलब्ध गराउँदै आएको थियो ।

आर्थिक वर्ष २०७०÷७१ देखि सुरु भएको यो कार्यक्रमका लागि त्यस आवमा रु १९ करोड छुट्याइएको थियो भने आव २०७१÷७२ का लागि रु २१ करोड छुट्याइएको थियो । तर चालु वर्ष कार्यक्रम सञ्चालन गर्न परिवार स्वास्थ्य महाशाखाले त्यसका लागि बजेट प्रस्ताव नगरेपछि कार्यक्रम नै कटौती भएको थियो । पचहत्तर जिल्लामै सञ्चालित कार्यक्रम प्रभावकारी बनेको भए पनि पूर्वनिर्देशक आरपी बिच्छाले एकाएक यो कार्यक्रम रोक्नुभएको थियो ।

न्यानो झोला कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशुलाई दुई जोर बाहिरी भोटो, दुई जोर भित्री भोटो, दुई जोर मोजा, दुई जोर ¥यापिङ बेड सिट उपलब्ध गराउनुका साथै सुत्केरी आमालाई एक जोर म्याक्सी उपलब्ध गराइँदै आइएको थियो ।

सरकारले न्यानो झोला तय गर्न सम्बन्धित बर्थिङ सेन्टरलाई प्रतिनवजात शिशु तराई तथा पहाडमा रु ८०० र हिमाली जिल्लामा रु ९०० का दरले पैसा दिँदै आएको थियो । निर्देशक केसीले घरमा जन्मिएका नवजात शिशुलाई जन्मनेबित्तिकै पुराना मैला लुगाले पुछ्ने गर्दा सङ्क्रमण हुने र न्यानो लुगा नहुँदा शीताङ्ग भएर मृत्यु हुने भएकाले त्यसको नियन्त्रणका लागि यो कार्यक्रम ल्याइएको र यो कार्यक्रम प्रभावकारी पनि भएको बताउनुभयो । कार्यक्रम सुरु भएपछि स्वास्थ्य संस्थामा आई सुत्केरी हुनेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । रासस

Tuesday, March 28, 2017

रुखबाट खसेर कार्कीको मृत्यु

गाईघाट (उदयपुर), १६ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ ।

स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्कीले दिनभर घरमा कामगरी बेलुकी पख जङ्गलमा घाँस काट्न गएका थिए ।

जङ्गलमा गएर जामुनको रुखमा घाँस झार्न चढेका कार्कीलाई कमिलाको गोलाको कमिलाले टोक्न थालेपछि कार्की अचानक आत्तिएर रुखबाट खसेका कारण कार्कीको तत्कालै मृत्यु भएको खड्काले बताएका छन् । रासस

संयुक्तको ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ गठन

काठमाडौँ, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्नका लागि पार्टी अध्यक्ष गणेश साहको संयोजकत्वमा नौ सदस्यीय ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ गठन गरेको छ ।

नवगठित समितिमा कल्पना राणा, लक्ष्मी साह, जयदेव जोशी, सुनील मानन्धर, केदारचन्द्र शर्मा, कल्याणी साह, श्रीलाल महासेठ र पद्मराज जोशी सदस्य हुनुहुन्छ ।

यही चैत १२ र १३ गते काठमाडौँमा बसेको नवौँ केन्द्रीय कार्यसमितिको तेस्रो विस्तारित बैठकले स्थानीय तहको निर्वाचनलाई श्रमजीवी, किसान, महिला, दलित एवम् सिमान्तकृतहरुको हक अधिकार सुनिश्चित गर्ने अवसरका रुपमा सहभागिता जनाउने निधो गरेको छ ।

बैठकले एनसेल मोबाइल कम्पनीवाट असुल हुनुपर्ने रु ३३ अर्बको लाभकर असुली गर्न सरकारको ध्यानाकर्षण गराउँदै स्थानीयस्तरमा राजनीतिक द्वन्द्व कम गर्न राजनीतिक दल तथा जनतालाई संयम हुन आग्रह गरेको छ ।

बैठकले विभिन्न जिल्लामा दल दर्ता गराउन छुटेका दलहरुलाई निश्चित समय तोकेर सूचना आह्वान गर्नुपर्नेमा जोड दिँदै दललाई थ्रेसहोल्ड सीमाको खारेजी गर्न माग पनि गरेको प्रवक्ता केदारचन्द्र शर्माले मंगलबार जानकारी दिनुभयो ।

गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका र आनन्द बजारमा भारतीय सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट सहादत प्राप्त गर्ने स्थानीय एवम् सहिद गोविन्द गौतमप्रति श्रद्धाञ्जली तथा घटनाका दोषी भारतीय सुरक्षाकर्मीलाई कानुनको दायरामा ल्याउन, तिनबाट क्षतिपूर्ति भराउन बैठकले माग गरेको छ ।

त्यस्तै, गत फागुन २३ गतेको सप्तरी घटनामा मृत्युवरण गरेकालाई पनि सहिद घोषणाको माग गरिएको छ । रासस

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

कञ्चनपुर, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ ।

राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो ।

राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताउनुभयो ।

“राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । रासस

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने

भक्तपुर, १६ चैत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।

सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक पाठ््यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो ।

तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा सञ्चालन भइरहेको कोर्सलाई बढाएर सीटीईभीटीले एकवर्षे अर्थात १६०० घण्टासम्म पु¥याउने भएपछि पाठ्यक्रम परिमार्जन गर्ने भएको सीटीईभीटीका सदस्य सचिव रमेश बखतीले बताउनुभयो ।

छोटो अवधिको शिक्षाले पेशामा प्रभावकारिता नभएपछि प्राविधिक शिक्षाको अवधि र कोर्सलाई थपेर एकै व्यक्तिले कम्तीमा चारवटा पेशा वा सीप सञ्चालन गर्न सक्नेगरी पाठ्यक्रम परिमार्जन गरेर कक्षा सञ्चालन गर्ने भएको हो ।

सीटीईभीटीका सदस्य सचिव बखतीले भन्नुभयो– ‘सीटीईभीटीले आफ्नै शिक्षालयमार्फत यस वर्ष नमुनाको रुपमा २८० जना लोपोन्मुख जाति र चेपाङ्गलाई लक्षित गरी आगामी जेठको दोश्रो सातादेखि विशेष छात्रवृत्ति प्रदान गरेर यी विषयहरुमा कक्षा सञ्चालन गर्दैछ, यसलाई प्रभावकारी बनाउने गरी पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको टोलीबीच छलफल चलाएका हौँ ।’

विशेष छात्रवृत्तिअन्तर्गत सीटीईभीटीले छनौट भएका विद्यार्थीहरुलाई खाने बस्ने सुविधासहित मासिक रु ३,५०० प्रदान गर्नेगरी कक्षा सञ्चालन गर्ने भएको हो ।

आजको कार्यक्रममा व्यावसायिक पाठ्यक्रमको खाका प्रस्तुत गर्दै सीटीईभीटीअन्तर्गत पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीपक पौडेलले सम्बन्धित पेशागत सीपमा आधारित दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले पाठ्यक्रम तयार पार्न लागिएको बताउँदै प्लम्बिङ्ग, इलेक्ट्रिसियन, वेल्डर, कार्पेन्टरलगायतका पेशामा हाल देशमा कार्यरत विदेशी कामदारलाई प्रतिस्थापित गर्नु पाठ्यक्रम निर्माणको मुख्य उद्देश्य भएको बताउनुभयो ।

कार्पेन्टर, वेल्डर, कुक र प्लम्बिङ्ग टेक्निसियन विषयमा पाठ्यक्रम निर्माण भएर त्यसमा सुधार गर्नुपर्ने भए एकसाता भित्र सुझाव पेस गर्नका लागि सीटीईभीटीका पदाधिकारी, उद्यमी, व्यवसायी, विज्ञ, दातालगायतका सरोकारवाला निकायबीच छलफल भएको हो ।

निर्देशक पौडेलले मेसन, मोटरसाईकल मेकानिक्स, आल्मुनियम फेब्रिकेटर र बिल्डिङ्ग इलेक्ट्रिसियन विषयमा पाठ्यक्रम निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

त्यसअवसरमा सीटीईभीटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले आर्थिक तथा सामाजिक परिवेशका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित युवायुवतीलाई अवसर प्रदान गर्न सीटीईभीटी लागिपरेको बताउँदै वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई दक्ष बनाई उच्च पारिश्रमिक पाउन सक्षम बनाउन नयाँ पाठ्यक्रम सहयोगी हुने आशा व्यक्त गर्नुभयो । रमेश गिरी/रासस

प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ

महेन्द्रनगर (धनुषा), १६ चैत्र । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ ।

जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो ।

देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए ।

लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरेपछि प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हवल्दार पासवानको डेराबाट खानतलासी गरी सो रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

हवल्दार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी अनुसन्धान गरिरहेको बताइएको छ ।

फरार अभियुक्त पक्राउ

यसैबीच, हत्याको आरोपमा फरार अभियुक्त धनुषाको मिथिला नगरपालिका वडा नं. ४ बस्ने कुमार सार्की भन्ने मोहनबहादुर नेपालीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका वडा नं. ७ जमुनिवास बस्ने बुद्धबहादुर मगरको हत्या गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको हो । गत पुस २५ गते भएको झडपको क्रममा गम्भीर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएपछि नेपाली फरार रहेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिगएको टोलीले फरार रहेका नेपालीलाई आइतबार राति पक्राउ गर्न सफल भएको बताइएको छ ।

पक्राउ गरिएका नेपालीलाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा चलाइएको जानकारी दिँदै निरीक्षक काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेको बताउनुभयो । रासस

तीनवटै निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा : अध्यक्ष ओली

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा समृद्ध र सुखी नेपालको पार्टीको प्रस्तावित अवधारणामा आज यहाँ भएको विद्वतसभामार्फत सुझाव लिँदै अध्यक्ष ओलीले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले यसलाई समयमै सम्पन्न गराउन सबैको भूमिका हुने र निर्वाचनमा जनताले सही नीतिका आधारमा छान्ने दलले मुलुकको नेतृत्व गर्ने स्पष्ट गर्नुभयो ।

संविधानमा आगामी २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख भएकोमा स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३१ का लागि निर्धारण गरिएको छ ।

अध्यक्ष ओलीले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले जारी गरेको संविधान कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “दुईचार जनालाई मन परेन भन्दैमा उनीहरूको जिद्दीले संविधान संशोधन हुँदैन । पार्टीको स्वार्थभन्दा देशको स्वार्थ माथि राख्नुपर्छ । लोकतन्त्र भनेको पनि त्यही हो ।”

उहाँले छिमेकी चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गर्न नेपालले ढिलो गर्न नहुने पनि बताउनुभयो ।

ओलीले राष्ट्रिय पुननिर्माण प्राधिकरणका पछिल्ला काम सन्तोषजनक नभएको जिकीर गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, पूर्वाधार र उर्जालगायतका क्षेत्रमा प्रचुर सम्भावना भएकाले नेपाललाई समृद्ध बनाउन सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले एमाले अध्यक्ष ओलीसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई सुझाव दिनुभएको थियो । रासस

इन्धन सम्झौता नवीकरणः चाहेजति तेल पाइने

काठमाडौँ, १४ चैत । नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ ।

आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आज नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो । आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पाेरेसन (आइओसी)ले उपलब्ध गराउनेछ ।

नेपाललाई उपलब्ध गराइने इन्धन हालको तुलनामा नेपाल–भारतसीमा सुनौली र वीरगन्ज क्षेत्रबाट नजिक सुविधासम्पन्न र ठूला डिपो राखिने र त्यसबाट नेपाललाई वार्षिक रुपमा रु एक अर्बभन्दा बढी रकम बचत हुने उहाँले जानकारी दिनुभयो ।

भारतबाट नेपाललाई इन्धन उपलब्ध गराएबापत प्राप्त गर्ने नाफाको सीमा शून्य दशमलव पाँच प्रतिशत घटाउन मन्जुर गरिएको छ । त्यसबाट नेपालमा ल्याइने इन्धन आपूर्तिको लागत अहिलेको तुलनामा कम हुनेछ । नेपाल र भारतबीच इन्धन आयात गर्ने सम्बन्धमा सहमतिमा पुग्न अप्ठ्यारो भएमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरिने विषय पनि सम्झौतामा परेको उल्लेख छ ।

नेपालले भारतसँग वार्षिक रुपमा रु एक खर्बभन्दा बढी मूल्यको इन्धन आयात गर्दै आएको छ । नेपाल र भारतबीच रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपमार्फत उपलब्ध गराउने सहमति भएअनुरुप काम अघि बढिरहेको छ । इन्धनसम्बन्धी सहमतिका लागि नेपाल आयल निगमको टोली आइतबार नयाँ दिल्ली पुगेको थियो । रासस

स्थानीय तहको निर्वाचनलाई संविधान कार्यान्वयनसँग जोडेर हेरिनुपर्छःरेग्मी

काठमाडौँ, १४ चैत । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले स्थानीय तहको निर्वाचनलाई प्रदेश र सङ्घसँग मात्र जोडेर हेर्न नहुने बताउनुभएको छ ।

गाउँ विकास समिति (हाल गाउँपालिका) राष्ट्रिय महासङ्घद्वारा आज यहाँ आयोजित ‘सङ्घीयता र लोकतन्त्र सुदृढीकरणका लागि स्थानीय निर्वाचन’ विषयको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “संविधानले नै स्थानीय तह एउटा स्वायत्त एकाइ भनेकाले कसैको मातहतमा रहँदैन, स्थानीय तहको निर्वाचनलाई सङ्घीयता, गणतन्त्र र संविधान कार्यान्वयनसँग जोडेर हेरिनुपर्छ ।”

संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले संवाद र विश्वासको वातावरण बनाउन प्रमुख दललाई उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले निर्वाचनपछि संविधान कार्यान्वयन हुने र सङ्क्रमणकालको अन्त्य हुने भएकाले जनतालाई अधिकार दिलाउन पनि स्थानीय तहको निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनुपर्छ भन्ने पार्टीको अडान रहेको बताउनुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगका तत्कालीन अध्यक्ष बालानन्द पौडेलले जनताको नजिक रहने स्थानीय तह नै जनताप्रति उत्तरदायी हुने भएकाले स्थानीय तहमा अधिकार पु¥याउने विषयमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । आयोगका तत्कालीन सदस्य डा श्यामकृष्ण भुर्तेलले सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले यही चैत २० गतेभित्र मतदाता नामावली प्रकाशन हुने र चैत २१ गतेदेखि मतदाता परिचयपत्र छपाइएको काम सुरु हुने जानकारी दिनुभयो ।

स्थानीय निकायको निर्वाचनमा छ हजार छ सय ८० वटा वडामा मतदान केन्द्र रहनुपर्ने भए पनि कुनै कारण रहन नसक्ने भएमा केन्द्र परिवर्तन सकिन्छ भन्दै प्रवक्ता शर्माले अहिले ६६ जिल्लाबाट मतदान केन्द्रको सङ्ख्या आइसकेको जानकारी दिनुभयो ।
मुलुकभर एक्काइस हजार मतदान केन्द्र हुने अनुमान आयोगले गरेको छ । आगामी निर्वाचनमा एक करोड ४० लाख मतदाता रहने अनुमान भए पनि यकिन तथ्याङ्क भने अद्यावधि भएपछि मात्र थाहा हुने बताइएको छ ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतदाता नामावली अद्यावधिकको काम भइरहेको जनाएको छ । स्थानीय निर्वाचनमा खटिएर जाने सात सय ४४ निर्वाचन अधिकृतको नियुक्ति चाँडै हुने बताइएको छ । आयोगले मतदान अधिकृत र मतदातालाई मतदाता शिक्षाको कार्यक्रम सुरु गरी हालसम्म तीन सय ५० प्रशिक्षक तयार भइसकेको जनाएको छ । रासस

आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण

पोखरा, १५ चैत । पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका वक्ताले नेपालको आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।

नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पर्यटन राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भएको बताउँदै यहाँका सम्भावनालाई उजागर गर्न सरकार एवम् निजी दुवै क्षेत्रको सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकास, राम्रो शिष्टाचार, स्वस्थकर खाना आदिको अपरिहार्यता भएको उल्लेख गर्दै पर्यटकीय विकासका क्रममा वातावरणीय सन्तुलनलाई पनि दृष्टिगत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालको आर्थिक विकासका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने क्षेत्रीय प्रशासक खतिवडाले बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरकारका नीति पर्यटनमैत्री हुनुपर्ने बताउँदै राजनीतिक अस्थिरताका कारण प्रभावित यस क्षेत्रको विकास आसन्न स्थानीय तहको निर्वाचनसँगै सकारात्मक मार्गमा जाने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटन सम्बद्ध व्यवसायी एवम् संस्था एकाकार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको कुल अर्थतन्त्रमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुन नसकेको अवस्थालाई दृष्टिगत गरी देशको अर्थतन्त्रमा योगदान गर्न सक्ने तवरबाट यसको विकास अघि बढ्नुपर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले पर्यटन सम्बद्ध सबै व्यवसायी एकजुट भएर लागेमा देशको पर्यटकीय विकासका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने धारणा राख्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले देशको समग्र पर्यटनमा योगदान गर्ने तवरबाट परिषद्ले आफ्ना गतविधि अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, संस्थापक अध्यक्ष अशोक पालिखेलगायतले पोखराका पर्यटकीय सम्भावना र पोखरा पर्यटन परिषद्को भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।

उक्त अवसरमा पोखराको पर्यटकीय विकासमा योगदान गर्ने विभिन्न संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस

Sunday, March 26, 2017

आगामी चैतमा अन्तर्राष्ट्रिय पुष्प मेला

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts