चितवन, २७ फागुन । दारेचोक गाविस–३ कुरिनटारस्थित पृथ्वीराजमार्गमा आज बिहान ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ६ ख २४७८ नम्बरको बस एकआपसमा ठोक्किँदा बसमा सवार ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकोे छ । घाइतेलाई उपचारका लागि काठमाडाँै र भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment