Tuesday, March 7, 2017

अधिकारको प्रयोग गर्दा कतैबाट उल्लङ्घन नहोस्ःबार

काठमाडौँ, २४ फागुन । नेपाल बार एसोसिएसनले शान्तिपूर्ण ढङ्गले संविधान, ऐन, कानुनको दिएको अधिकारको प्रयोग गर्दा कतैबाट पनि उल्लङ्घन हुन नदिन राज्यले ध्यान दिनुपर्ने माग गरेको छ ।
बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार सप्तरीको राजविराजमा मानिसहरुको मृत्यु हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष अधिवक्ता दिगम्बर यादवलगायत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

बारले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र घाइतेलाई उचित उपचार गर्न सरकारसँग माग गर्दै भविष्यमा पनि यस्ता घटना हुन नदिनका लागि संयमित हुन सबै पक्षसँग आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts