Tuesday, March 14, 2017

विपीको मार्गदर्शन अनुसरण गरी अगाडि बढ्न आग्रह

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विपी कोइरालाको मार्गदर्शनलाई अनुशरण गर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

विपी चिन्तन प्रतिष्ठान रसुवाको अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले विपीका विचार तल्लो तहका कार्यकर्ताबीच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

नेता डा महतले देश विकासका लागि दीर्घकालीन नीति बनाइ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै आफू अर्थमन्त्री हुँदा नै स्याफ्रुवेसी मैलुङ राजमार्गको विकासको कार्य अगाडि बढाएको र अब पासाङ ल्हामु राजमार्गको सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।

अधिवेशनमा प्रतिष्ठानका उपाध्यक्ष पुष्कर पराजुली र सांसद रञ्जित कर्णलगायतले मुलुकको दिगो विकासका लागि विपी कोइरालाको चिन्तनलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts