Wednesday, March 22, 2017

सबै प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ, ९ चैत । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले १२ देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइपछि आज अनुमोदन गरेको छ ।

सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मा), विश्वम्भर प्याकुरेल (श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

संसदीय सुनुवाइपछि उहाँहरूको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ठकालले जानकारी दिनुभयो । समितिले तीन दिन लगाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।

सुनुवाइका क्रममा उहाँहरूले आ–आफ्नो अवधारणा र सोच प्रस्तुत गर्दै मुलुकको हित र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts