Friday, March 3, 2017

निर्वाचनमा सबै दललाई समावेश गर्नुपर्छ : अध्यक्ष पासवान

काठमाडौँ, २० फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले स्थानीय तहको निर्वाचनमा भाग लिन असन्तुष्ट सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन गर्न सकिन्छ, रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी हुन आग्रह गर्दछु ।”

अध्यक्ष पासवानले संविधान संशोधन अहिलेको आवश्यकता नभएको भन्दै विभिन्न बहानामा चुनावलाई वैशाख ३१ भन्दा पछाडि सार्न नहुने बताउनुभयो ।

“दलित, महिला, मधेसीलगायत उत्पीडनमा पारिएको समुदायका धेरै अधिकार संविधानमा सुनिश्चित भएको छैन, उहाँले भन्नुभयो – संविधानलाई विभिन्न चरण संशोधन गर्न सकिन्छ, तर देशको अहिलेको आवश्यकता भनेको स्थानीय तहको निर्वाचनसँगै आर्थिक विकास हो ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts