Monday, March 20, 2017

राप्रपाद्वारा आयोगलाई ज्ञापनपत्र

काठमाडौँ, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानबाट हिन्दूराष्ट्र र राजतन्त्रसम्बन्धि प्रावधान हटाउन निर्वाचन आयोगले यही चैत २ गते गरेको निर्णय पुनःविचार गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधिमण्डलले आयोगमा ज्ञापनपत्र बुझाएको हो । पार्टीले सो पत्र बुझाएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पशुपतिशम्शेर राणाले संविधानद्वारा प्रदत्त राजनीतिक स्वतन्त्रताअनुसार दल खोल्ने तथा वैचारिक अभिव्यक्तिको स्वतन्त्रता रहेकाले कुनै पनि विचारलाई निषेध गर्न नपाइने विचार व्यक्त गर्नुभयो ।

उहाँले आयोगले गरेको सो निर्णयले निर्वाचनको वातावरण विग्रन सक्ने सङ्केत गर्दै पार्टी निर्वाचनको वातावरण बनाउनका लागि सरकारमा गएको भए पनि निर्वाचन हुने सम्भावना नभए सरकारबाट बाहिरिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts