Wednesday, March 22, 2017

विद्यालय पुनःनिर्माणमा प्राथमिकता दिन आग्रह

काठमाडौँ, ९ चैत । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विद्यालयको पुनःनिर्माणमा ढिलाइ भएको र त्यसमा अभिभावकको श्रमदान आवश्यक परेकाले तिनलाई आह्वान गर्न सरकारलाई आग्रह गरेको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरी दुई वर्षअघिको भूकम्पबाट तीन हजार दुई सय विद्यालय ध्वस्त भए पनि हालसम्म करिब पाँच सय विद्यालय मात्र बनेकाले तीव्र गतिमा पुनःनिर्माण महाअभियान थाल्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष कृष्ण थापाले करिब १० लाख बालबालिका अहिले पनि अस्थायी सिकाइ केन्द्र र कतिपय टहरामा कक्षा चलाउन बाध्य भएको तर्फ सरकार र दातृ निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts