Wednesday, March 8, 2017

आगलागीबाट २१ लाखको क्षति

बर्दिया, २५ फागुन । बर्दियाको सूर्यपटुवा गाविसमा जिमबहादुर रोकाको घरमा आज दिउँसो आगलागी हुँदा करिब रु २१ लाखको क्षति भएको छ ।

गुलरियादेखि करिब २५ किलोमिटर टाढा सुर्यपटुवा–३ कैलासी गाउँमा रहेको रोकाको खरले छाएको तीन वटा घरमा आगलागी हँुदा ती घरसहित घरभित्र रहेका केही नगद, अन्नपात लत्ताकपडालगायत सामग्री गरी करिब रु २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । करिब दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts