Thursday, March 9, 2017

निकुञ्जले राजमार्ग प्रयोगको समयावधि बढायो

रसुवा, २६ फागुन । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभाग प्रयोग गर्नुपर्ने नेपाल –चीन व्यवसाय गर्ने र पासाङलामु मार्गमा सवारीसाधन गुड्ने समयावधि बढाएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार सवारीसाधनको चापलाई मध्यनजर राख्दै बिहान ६ बजेदेखि राति ९ बजेसम्म मात्र गुड्न पाउने प्रावधानलाई परिवर्तन गर्दै अब उप्रान्त बिहान ५ बजेदेखि राति ११ बजेसम्म सडकमार्गको सुरक्षापोस्ट खुल्ला गर्ने व्यवस्था मिलाइएको हो ।

साँघुरा सडक, गुडाउन ढिलो, पार्किङको समस्या परिरहेको अवस्थामा निकुञ्जले समयावधि थप गरिदिँदा सवारी चालकलाई केही सहज भएको र ट्राफिक समस्या पनि न्यूनीकरण हुने सवारी धनीले बताएका छन् ।

निकुञ्ज नियमावली–२०३६ को व्यवस्थालाई कार्यान्वयन गर्दै सवारीसाधन गुडाउन दैनिक तीनघन्टा थपिएको र जैविक विविधता संरक्षण कार्यमा सबै क्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts