Tuesday, March 7, 2017

पत्रकार महासङ्घ कञ्चनपुर अध्यक्षमा अवस्थी

कञ्चनपुर, २५ फागुन । नेपाल पत्रकार महासङ्घ, कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वाचित हुनुभएको छ । पत्रकार महासङ्घ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा अवस्थी निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीद्वारा मङ्गलबार राति अबेर घोषित परिणामअनुसार अवस्थीले एकसय ३१ र उहाँका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले एकसय चार मत ल्याउनुभएको छ । मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार उपाध्यक्षमा केशव सावद निर्वाचित हुनु भएको छ । महिला उपाध्यक्षमा दुर्गा उपाध्याय तथा सचिवमा अमरबहादुर चन्द निर्वाचित हुनुभएको छ ।

यस्तै, खुल्ला सह–सचिवमा मोहन विष्ट, समावेशी सह–सचिवमा सङ्गीता शाही र कोषाध्यक्षमा चुडामणि अर्याल निर्वाचित हुनुभएको छ ।

यस्तै, महिला सदस्यमा निर्मला बोहरा र दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यतर्फ ईश्वरदत्त बडू, कुन्दन पाण्डे, भाष्कर केसी, धनञ्जय अवस्थी, धर्मराज कठायत, रञ्जित लामा, वासुदेव धामी र वासुदेव भट्ट निर्वाचित हुनुभएको छ ।

यसअघि समावेशी सदस्यमा पहिलाद राना र मधेसीमा रामदास राना निर्विरोध निर्वाचित हुनुभएको थियो । ३४ जना प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ भने २० खुल्ला र ६ महिला केन्द्रीय पार्षदका लागि उम्मेदवारी दिएका ४५ जनामध्ये विजयी हुनेमा अधिकांश प्रेस सेन्टर नेपाल र प्रेस युनियनका उम्मेदवार रहेका छन् । निर्वाचनमा कुल दुईसय ६० मतदातामध्ये दुईसय ३७ ले सहभागिता जनाएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts