Saturday, March 11, 2017

भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

दमक, २८ फागुन । पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ ।

गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएकी वृद्धाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो । प्रहरीले मृतकको शव परीक्षणका लागि मङ्गलबारे अस्पतालमा लगिएको तथा ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts