Thursday, March 16, 2017

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौँ, ३ चैत । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ गत फागुन १८ गतेदेखि लागू भएको स्मरण गराउँदै सम्बद्ध सबैमा तिनको पालन गर्न आग्रह गरेको छ ।
साथै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने गराउन नेपाल सरकारका मन्त्रालय, निकाय, राजनीतिक दल एवम् सङ्घ संस्थालाई गम्भीर हुन पनि अनुरोध गरेको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्नु अपरिहार्य भएकाले निर्वाचन आचारसंहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै आयोगले आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts