Wednesday, March 8, 2017

इन्फुलएन्जाबाट सर्तक रहन अपिल

डुम्रे (तनहुँ), २५ फागुन । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो ।

स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ््लु र स्वाइर्नफ््लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भन्नुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा डा पवनजङ्ग रायमाझीले समेत इन्फुलएन्जाबाट सर्तक रहनुपर्नेमा जोड दिनुभएको थियो ।

भू–उपयोग नीति लागू गर्नुपर्नेमा जोड

राष्ट्रिय भू–उपयोग आयोजना दमौलीमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दल, सङ्घसंस्था र सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमका अधिकांश सहभागीले भू–उपयोग नीति कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका थिए । भू–उपयोग नीतिमा कडाइ नगरिँदा खेतीयोग्य जमिन चक्लाबन्दी गर्ने क्रम नरोकिएको सहभागीको भनाइ रहेको थियो ।

स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, नेकपा (एमाले) तनहुँका अध्यक्ष केदार सिग्देल, नेपाली काँग्रेस तनहुँका सचिव विश्व बास्तोला, फोरम लोकतान्त्रिक तनहुँका अध्यक्ष दिपक भट्टराई, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डम्बर अधिकारीलगायतले बोल्नुभएको थियो । सो अवसरमा आयोजनाका इन्जिनियर सुमिर कोइरालाले भू–उपयोग नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts