Thursday, March 9, 2017

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा विस्तार

डडेल्धुरा, २७ फागुन । उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्षको समयमा एक–दुईजना विशेषज्ञ चिकित्सक मात्र रहने उपक्षेत्रीय अस्पतालमा पछिल्लो समयमा भने चारजना विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ ।

उन्नाइसजना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिएको भए तापनि पदपूर्ति भने चार जनाको मात्रै हुन सकेको हो । सुदूरपश्चिमका पहाडी सात जिल्लाका नागरिकलाई सेवा पु¥याउने हिसाबले नागरिकको दबाबमा ३ वर्षअगाडि २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना गरिएको भए तापनि विशेषज्ञ चिकित्सक भने सुदूरपश्चिमका नागरिकलाई सबै किसिमको सेवा प्रदान गर्न पहिलोपटक चारजनाको उपस्थिति रहेको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी गराउनुभयो ।

अस्पतालमा हाल हड्डी रोग विशेषज्ञ डा शिवराज पनेरु, बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर, दन्तरोग विशेषज्ञमा डा पदम नेपाली हाजिर भइसकेका र स्त्रीरोग विशेषज्ञ डा नमराज जैसी (जेसी) पनि चाँडै आउने उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

चारैजना विशेषज्ञ चिकित्सकको उपस्थितिले यस क्षेत्रका सर्वसाधारणले सुलभ रुपमा उपचार सेवा पाउने र जुनसुकै समयमा पनि सेवा दिन तयार रहेको विशेषज्ञ चिकित्सकको भनाइ रहेको सेवा दिनका लागि नै यस क्षेत्रमा हाजिर भएको जनाएका छन् ।

साथै, २० जना मेडिकल अधिकृतको दरबन्दीमा १० अधिकृतले पनि सँगै सेवा दिइरहेको अध्यक्ष सिंहले जनाउनुभयो । अस्पतालले चाँडै एनआइसियु सेवा पनि विस्तार गरिरहेको र एनआइसियु सेवाका मेसिन जडान कार्य भइरहेको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

यो मेसिन जडानपश्चात् कम तौल भएका बच्चा वा समय नपुगी आगाडि नै जन्मेका वच्चालाई जोखिमबाट जोगाउनका लागि आइसियु सेवा प्रभावकारी हुने विशेषज्ञ चिकित्सक बताउँछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts