काठमाडौँ, ३० चैत । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले आगामी वैशाख २ गते ‘सम्पदा साइकलयात्रा’ गरिने भएको छ ।
टुर डे लुम्बिनी नामक सामाजिक संस्थाले आयोजना गर्ने उक्त कार्यक्रम वसन्तपुर दरबर क्षेत्रबाट सुरु भई स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, चाँगुनारायण, भक्तपुर दरबर क्षेत्र हुँदै पाटन दरबर क्षेत्रमा पुगेर समापन हुनेछ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष मेघ आलेले गत वर्ष आएको भूकम्पका कारण काठमाडौँ उपत्यकाका प्राचीन महत्वका सम्पदास्थलमा क्षति भएको र त्यसको पुनःनिर्माणका विषयमा जनचेतना जगाउने उद्देश्यले साइकलयात्रा गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न पेसामा संलग्न स्वदेशी, विदेशी तथा साइकल मेकानिक्सलगायत ३०० को सहभागिता हुने बताइएको छ । विनाशकारी भूकम्पले भत्काएको सम्पदा काष्ठमण्डप पुनःनिर्माणका लागि साइकलयात्रीबाट गत वर्ष सहयोगस्वरुप सङ्कलन गरिएको रु एक लाख ११ हजार १११ काष्ठमण्डप पुनःनिर्माणका लागि हस्तान्तरण गरिने छ । रासस
No related posts.
No comments:
Post a Comment