Tuesday, April 18, 2017

‘नेपालको विकास र समृद्धिमा भारतको सदैव सहयोग’

नयाँदिल्ली (भारत), ५ वैशाख । भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतीय राष्ट्रपति भवनमा भएको सो भेटमा प्रधानमन्त्री मोदीले नेपाल र नेपालीका विकासका क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा आफूहरु उत्सुक रहेको उल्लेख गर्दै नेपालमा दुई देशबीचका विकास परियोजना, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सहयोग र अन्य परियोजना अघि बढून् भन्ने समेत चाहना राख्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले भारतको विकासको गतिबाट सिक्न आवश्यक रहेको जनाउँदै नेपालको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने जनताको चाहनालाई सम्बोधन गर्न नेपाल सरकारले संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको तयारीका कामलाई अघि बढाएको स्मरण गराउनुभएको थियो ।

मुद्रा सटहीमा सहजीकरण गर्न तयार
राष्ट्रपति भण्डारीसँग आजै भेट गर्नुभएका भारतीय अर्थमन्त्री अरुण जेट्लीले प्रतिबन्धित रु पाँच सयको भारतीय मुद्रा सटहीका सम्बन्धमा नेपालभित्र देखिएका समस्यालाई सरलीकृत गर्न आफू सकारात्मक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारी केहीबेरमा आफ्नो सम्मानमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts