बाग्लुङ, ११ वैशाख । नेकपा (माओवादी केन्द्र) ले जैमिनी नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ ।
केन्द्रले नगर प्रमुखमा शोभाप्रसाद शर्मा र उपप्रमुखमा देवी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेता दीनानाथ शर्माको उपस्थितिमा उम्मदेवारी टुङ्गाइएको केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । केन्द्रले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाबाट उम्मदेवारको सिफारिस आए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको जनाएको छ । रासस
No comments:
Post a Comment