काठमाडौँ, ५ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज भेटी जोखिमपूर्ण फोटो पत्रकारिता गर्ने पत्रकारका हकहित र व्यक्तित्व विकासका लागि अज्ञयकोष स्थापना गर्न माग गरेको छ ।
समूहका अध्यक्ष ध्रुव आलेको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको पत्रकारको टोलीले फोटो पत्रकारिताको प्रवद्र्धनका लागि रु ५० लाखको अक्षयकोष स्थापना गर्ने कार्यमा सघाउन आग्रह ग¥यो ।
त्यसैगरी फोटो पत्रकारको कार्यालय भवन स्थापनामा सहयोग गर्न, फोटो पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्न, जीवन बिमाको व्यवस्था गर्न, सूचना विभागबाट प्रेस पासको व्यवस्था गर्न, राजकीय र उच्चस्तरीय भ्रमणमा पत्रकार सहभागी गराई पर्यटन प्रवद्र्धन गर्नसमेत आग्रह गरिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले फोटो पत्रकारका माग पूरा गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष आलेले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment