Thursday, April 13, 2017

काठमाडौँ जिल्लामा मतदाता शिक्षाका लागि स्वयम्सेवक खटिए

काठमाडौँ, ३१ चैत । आगामी वैशाख ३१ गतेका लागि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदाता शिक्षा स्वयम्सेवक खटाएको छ ।

मतदातालाई मतपत्रमा मतदान कसरी गर्ने भनेर सिकाउनका लागि स्वयम्सेवक खटाएको जिल्ला निर्वाचन अधिकृत चन्द्र गौतमले जानकारी गराउनुभयो । उहाँका अनुसार सात सय ४२ स्वयम्सेवकलाई नमुना मतपत्रसहित मतदाता शिक्षा सिकाउनका लागि खटिएका छन् । “हामीले एक निर्वाचन केन्द्रमा एक जना स्वयम्सेवक खटाएका छौँ”, उहाँले भन्नुभयो, “वैशाख ३१ गतेसम्म मतदाताका घर–टोलमा भई उनीहरुले मतदान गर्न सिकाउनेछन् ।”

स्वयम्सेवकलाई दुई दिनको तालिमपश्चात् मतदाता शिक्षाका लागि टोलटोलमा खटाइएको हो । स्वयम्सेवक एक महानगरपालिका र १० नगरपालिकाका प्रत्येक वडामा पुग्नेछन् । काठमाडौँ जिल्लामा करिब पाँच लाख ४७ हजार मतदाता रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts