काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का सम्पादकसँगको आज ललितपुरमा भएको अन्तरक्रियामा उहाँले निर्वाचनका लागि आवश्यक मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ लगभग सकिसकेको र मतपेटिका लगायतका निर्वाचन सामग्रीको जिल्ला जिल्लामा ढुवानी भइरहेको जानकारी दिँदै निर्वाचन हुनेमा अब कुनै शङ्का नरहेको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “लोकतन्त्रमा दलीय सहमति वा असहमति हुनु स्वाभाविक हो । आयोगले सावधानीपूर्वक काम गरिरहेको छ । दलहरु निर्वाचनबारे अर्काे सहमति गरेर अघि बढे पनि आयोगलाई मान्य हुने छैन ।”
“निर्वाचन जनताको हातमा हुन्छ, मतदाताको हातमा हुन्छ, खेलाडी राजनीतिक दलहरु हुन्, निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन मात्रै गर्ने हो,” उहाँले भन्नृुभयो ।
निर्वाचनको व्यवस्थापन र तयारीमा आयोग निकै अघि बढिसकेकाले असन््तुष्ट पक्षको माग सम्बोधन गर्न अब अध्यादेश आउन नसक्ने उहाँको भनाइ थियो । त्यसो गर्दा निर्वाचनका सम्पूर्ण प्रकृया अवरुद्ध हुने चेतावनी पनि उहाँले दिनुभयो ।
यस पटकको निर्वाचनमा मतदान ८० प्रतिशत भन्दा बढी पु¥याउने र बदर मत २ प्रतिशतमा झार्ने लक्ष्य आयोगले राखेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सञ्चारमाध्यमले प्रशंसनीय भूमिका खेलेको र त्यो आगामी दिन पनि जारी रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनको वातावरण बनाउन र स्वच््छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आचारसंहिताको पालना गराउन सञ्चारमाध्यमले गर्दै आएको काम अतुलनीय रहेको बताउनुभयो ।
आयोगका सहसचिव नवराज ढकालले ७४४ स्थानीय निकायको वैशाख ३१ गते हुने निर्वाचनका लागि आयोगबाट भइरहेको तयारीबारे विस्तृतरुपमा जानकारी गराउनुभएको थियो । रासस
Tuesday, April 18, 2017
निर्वाचन हुनेमा अब द्विविधा छैन : प्रमुख आयुक्त यादव
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment