त्रिपोली, ३१ चैत । लिवियाको पूर्वी संसद्ले राजनीतिक वार्ता समिति गठन गरेको सभामुख एङ्गिला सलेहले जानकारी दिनुभएको छ ।
समितिलाई चार महिनाको समयावधि दिइएको लिवियाको समाचार संस्था लानाले बुधबार जनाएको छ । संसद् बैठकमा समितिको गठन र समयावधिका बारेमा बृहत छलफल भएको थियो ।
लिबियाको एउटा महत्वपूर्ण तेल बन्दरगाहामा प्रतिश्पर्धी लडाकुहरुले आक्रमण गरेपछि पूर्वी संसद्ले वार्ताका लागि समिति बनाएको हो ।
सन् २०११ मा लिबियाका शासक मुअम्मर गद्धाफीलाई पदच्युत गरेपछि लिबियाम अनेक प्रकारका द्वन्द्व र हिंसाका घटना भइरहेका छन् । रासस÷सिन्ह्वा
No comments:
Post a Comment