रत्ननगर (चितवन), ३ वैशाख । चितवनको खैरहनीस्थित कङ्कालीमा रहेको पौडी पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गर्मीको समयमा कङ्काली डाँडामा आज दिउँसो पौडी खेल्न गएका काठमाडौँका १६ वर्षीय रोजन तिमिल्सिनाको डुबेर ज्यान गएको हो । तिमिल्सिनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
चितवनको राप्ती नगरपालिका–८ स्थित मामाघरमा घुम्नका लागि आएका थिए । उनी साथीहरुसँगै आज पौडी खेल्न गएका थिए । रासस
No comments:
Post a Comment