काठमाडौँ, १ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मुलुक निर्वाचनमा होमिइसकेकाले सबै राजनीतिक दललाई चुनावको उत्सवमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
उहाँले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना सन्देश दिदै मुलुकमा भएका सबै आन्दोलनको उपलब्धिलाई बचाउने दायित्व सबैको काँधमा रहेको बताउनु भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई सबै मिलेर कार्यान्वयन र संरक्षण गर्नुको अहिलेको प्रमुख दायित्व रहेको उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख छ । रासस
No related posts.
No comments:
Post a Comment