Wednesday, April 5, 2017

महासङ्घ काठमाडौँ शाखाको ताला खुल्यो

काठमाडौँ, २३ चैत । नेपाल पत्रकार महासङ्घ, काठमाडाँै शाखामा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराउनुभयो ।

“सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही सङ्गठनले ताला लगाएका थिए”– उहाँले भन्नुभयो, “हामीले उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने सहमति गरेपछि ताला खुलाइएको हो ।”

फागुन २४ गते प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन, प्रेस सोसाइटी र पत्रपत्रिका अधिकार मञ्चले संयुक्तरुपमा सदस्य वितरण र गैरढङ्गबाट सदस्य स्तानान्तरण गरेको भन्दै ताला लगाएका थिए ।

अध्यक्ष चौलागार्इंले ताला खुलेपछि वैशाखको पहिलो हप्ता शाखाको अधिवेशन गर्ने जानकारी गराउनुभयो । ताला लगाएपछि चैत १ गते हुने भनिएको शाखाको अधिवशेन हुन सकेको थिएन । शाखामा करिब एक हजार दुई सदस्य रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts