Monday, April 17, 2017

राप्रपा ः चुनावी सभा सुरु

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ ।

देशका सबै अञ्चलमा गरिने उक्त सभामा पार्टीका आदर्श तथा चुनावी रणनीतिका बारेमा स्थानीय जनतालाई बुझाइने छ ।

सभामार्फत स्थानीय तहको पूर्वाधार विकास निर्माणका लागि आसन्न निर्वाचनको महत्व त्यसमा जनसहभागिताको खाँचो आँैल्याइने छ । यही वैशाख १० गतेसम्म जारी रहने पार्टीको उक्त सभालाई व्यवस्थित बनाउन पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको थियो ।

स्थानीय तहको निर्वाचनमा सो पार्टीलाई विजयी बनाउन पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गरी जनतासँग मत माग्ने कार्यक्रम छ ।

पार्टीका नेता राजाराम श्रेष्ठले करिब दुई दशकपछि हुन लागेको सो निर्वाचनले लोकतन्त्रको अभ्यासलाई बलियो बनाउने बताउँदै मुलुकको समृद्धिका लागि स्थानीय तहमा हुने आर्थिक गतिविधिले महत्वपूर्ण भूमिका नर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार चुनावमा जनसहभागिता बढाउन तथा जनताको मताधिकारको सुरक्षा गर्न सभाले सहयोग पु¥याउने छ ।

पार्टीले चुनावका लागि देशव्यापी रुपमा विभिन्न राजनीतिक गतिविधि तथा अभियान सञ्चालन गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts