Monday, April 17, 2017

पाँच निर्वाचन अधिकृत महिला

धुलिखेल, ४ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका पाँच निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत महिला रहेका छन् । जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमध्ये पाँचमा महिला निर्वाचन अधिकृत रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकर पोख्रेलले बताउनुभयो ।

पनौती नगरपालिकामा दुर्गादेवी देवकोटा, पाँचखाल नगरपालिकामा विष्णुकुमारी भट्टराई, बनेपा नगरपालिकामा कमला गिरी भारती, मण्डन देउपुर नगरपालिकामा सिर्जना तिवारी र भुम्लु गाउँपालिकामा लक्ष्मीदेवी हुमागाईं निर्वाचन अधिकृत रहेका छन् । तिनीहरुमा पनौती, बनेपा, पाँचखाल र मण्डन देउपुर नगरपालिकाका निर्वाचन अधिकृत सम्बन्धित नगरपालिकाका कार्यकारी अधिकृत नै रहेका छन् भने भुम्लु गाउँपालिकाको निर्वाचन अधिकृतमा भक्तपुर जिल्लाको सहायक प्रजिअ रहेका छन् ।

जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका गरी १३ वटा निर्वाचन केन्द्र रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts