लुम्बिनी, २ वैशाख । हिन्दू धर्मको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले भैरहवामा संस्कृति रक्षा दौड गरिएको छ ।
हिन्दू स्वयंसेवक सङ्घ नेपाल भैरहवाले विगत पाँच वर्षदेखि आयोजना गर्दै आएकोे संस्कृति रक्षा दौडलाई यसपटक पनि निरन्तरता दिएको हो । नयाँ वर्ष २०७४ को स्वागतार्थ आयोजना गरिएको रक्षा दौड राष्ट्र, राष्ट्रियता र सांस्कृतिक स्वाभिमान रक्षाका लागि आयोजना गरिएको हिन्दू स्वयंसेवक सङ्घले जनाएको छ ।
भैरहवाको लुम्बिनी रोडस्थित लुम्बिनी गेटबाट सुरु भएको दौड बुद्ध चोक, मिलन चोक, आँखा अस्पताल, बैंक रोड, नारायणपथ हुँदै पाँच किलोमिटर दूरी पार गर्दै पुनः सोही स्थानमा आएर सम्पन्न भएको थियो ।
रक्षा दौड कार्यक्रमको उद्घाटन गर्दै हिन्दू स्वयंसेवक सङ्घका राष्ट्रिय प्रचारक बेदप्रकाश उपाध्यायले धर्म संस्कृति रक्षाका लागि युवा अगाडि बढ्नुपर्ने बताउनुभयो । संस्कृति जोगाउन र विक्रम संवत्को महत्व दर्साउन दौडको आयोजना गरिएको उहाँको भनाइ थियो ।
सयौँ युवा स्वयंसेवक सहभागी भएको सो दौडमा अजय कुर्मी प्रथम, सत्येन्द्र यादव द्वितीय र मोहम्मद रफिक तृतीय भएका थिए । उनिहरुलाई क्रमशः रु ११ हजार, रु सात हजार एक सय र रु पाँच हजार एक सय प्रदान गरिएको थियो । कार्यक्रममा हालै नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति एसोसिएट सदस्यमा निर्वाचित हुनुभएका सिद्धार्थ ग्रुपका सञ्चालक राजेश अग्रवाललाई समेत सम्मान गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment