Tuesday, April 11, 2017

नदीमा डुबेर बालकको मृत्यु

धनकुटा, २९ चैत । महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ ।

आज अरुण नदीमा साथीसँग नुहाउन गएका ईश्वर बस्नेतको अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राम मावि लेगुवा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बस्नेत अति गर्मी भयो भन्दै साथीसँग अरुण नदीमा नुहाउन गएको परिवारको भनाइ छ । बस्नेत डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेको र घटनास्थल पुगेको प्रहरीले शवपरीक्षणका लागि धनकुटा जिल्ला अस्पतालमा पठाएको लेगुवा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बरुवालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts