Monday, April 10, 2017

सामाजिक भत्ता दुरुपयोग गर्ने सचिवविरुद्ध मुद्दा

काठमाडौँ, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन गाविस सचिव भट्टराईले आव २०६५÷०६६ देखि आव २०७०÷०७१ सम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गलत भर्पाई तयार पारेको, बदनियतपूर्वक हिनामिना गरेको र गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिकिर गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts