Thursday, April 13, 2017

निर्वाचनका लागि आयोगदले सम्पूर्ण तयारी पूरा: आयुक्त यादव

विराटनगर, ३१ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगदले सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराउनुभयो ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेसन गर्न आग्रह गर्नुभयो ।

‘निर्वाचनमा सेना परिचालन’ बारे आपूmले नबोलेको प्रष्ट पार्दै उहाँले काठमाडौंँबाट प्रकासित एक दैनिक यस्ता बाङगोटिङ्गो ढङ्गले समाचार बनाएर प्रकासित गरेकामा दुःख व्यक्त गर्नुभयो ।

‘‘सेनाको बलमा कहीँ स्थानीय तहको निर्वाचन हुन्छ, कदापि हुदँैन्। ’’ उहाँले जोड दिनुभयो, “जनता, राजनीतिक दल र सञ्चारकर्मीको सहयोगमा निर्वाचन सम्पन्न हुनेछ, त्यस्ता समाचारको म घोर भत्र्सना गर्दछु ।”

सुरक्षाको व्यवस्था मिलाउने काम सरकारको रहेको प्रष्ट पार्दै उहाँले भन्नुभयो,“निर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी खटिने छ र ‘सेना ब्याँक फोर्स’को रुपमा रहनेछ ।”

मधेसी मोर्चाअन्तर्गतका दलहरुले पनि दल दर्ता गरेकाले निर्वाचनमा सबै सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले सरकारका साथै अन्य राजनीतिक दलहरुलाई सबै दलको सहभागिताका लागि वातावरण बनाउनेतर्फ अग्रसर रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts