Tuesday, April 25, 2017

शुल्क फिर्ताको माग गर्दै जिशिका घेराउ

काठमाडौँ, १२ वैशाख । संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका छन् ।

उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलले विद्यालयको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेराउ गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराउनुभयो । “हाम्रो ज्ञापनपत्र बुझ्दै तीन दिनभित्र शुल्क गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “तर त्यो कार्यान्वयन नभएपछि हामी बाध्य भएर जिशिका घेर्न आएका हौँ ।”

विद्यार्थी सङ्गठनले नाराजुलुस गर्दै बिहान १० देखि मध्याह्न १२ बजेसम्म काठमाडाँै जिशिका घेराउ गरे । वृद्धि शुल्क फिर्ता गर, वैज्ञानिक शुल्क निर्धारण गर, निजी विद्यालयको अनुगमन गर जस्ता नारा लगाउँदै जिशिका काठमाडौँ घेराउ गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts