काठमाडौँ, ४ वैशाख । उपत्यकामा भूगोलका हिसाबले सबैभन्दा सानो नागार्जुन नगरपालिकामा स्थानीय तह निर्वाचनको चहलहपहल ह्वातै बढेको छ ।
नागार्जुन नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका सम्भावित उम्मेदवारहरु जनतामाझ जानथालेपछि चुनावी सरगर्मी बढेको हो ।
नगरप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट मोहनबहादुर बस्नेत, केदार मानन्धर र धर्मराज गौतम, नेकपा (एमाले) का तर्फबाट प्रकाश श्रेष्ठ, सानुराजा पुरी, नन्दनहरि गौतम र केशव पोखरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव थापा र ध्रुव खनालको चर्चा छ ।
नेकपा (माओवादी केन्द्र)ले भने नगरप्रमुख पदमा कुमार लामा तथा उपप्रमुखमा सलिना भुजेल उम्मेदवार हुने घोषणा गरिसकेको छ ।
यसैगरी उपप्रमुख पदका लागि काँग्रेसबाट सरस्वती भट्ट, कल्याणी खड्का र सीता श्रेष्ठ तथा एमालेबाट सुमित्रा कुँवर, सानुमाया खड्का र सुशीला खत्रीको नाम चर्चामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले मिरा कुँवरलाई उपप्रमुख पदको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
यसरी प्रमुख राजनीतिक दलले उपप्रमुख पदमा महिलालाई मात्र उम्मेदवार बनाउँदा महिला महिलाबीच चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । रासस
No related posts.
No comments:
Post a Comment